वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ। उनीहरूलाई कामकाजमा नलगाउन आदेश जारी गरिएको हो। अख्तियार दुरुपयोग आयोगमा उजुरी परेकाले महानगरपालिकाले सरसफाइमा १९२, कम्प्युटर अपरेटर ११५, कार्यालय सहयोगीमा ७४, नगर प्रहरी ६६, हलुका सवारीचालक ५३, ट्याक्टरचालक ५३, फायरम्यान ४०, सुपरभाइजर ३३, कुली २०, बिजुली मिस्त्री १९, सबइन्जिनियर १४, गार्ड १२, नाइके ८, अमिन ७, हेभी सवारीचालक ५, माली ४, चेनम्यान २ र स्टाफ नर्स एक गरी ७१८ जना कर्मचारीहरूलाई कामकाजमा नलगाउने भनिएको छ। पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ। महानगरपालिकाको प्रशासन महाशाखाका अनुसार ७१८ कर्मचारीहरू पदमुक्त हुनुपर्छ।
Related Articles
Check Also
Close
-
खानेपानी नहुँदा बसाइँसराइ ।२७ कार्तिक २०७९, आईतवार




