राजनीति

मन्त्रीले प्रचारप्रसार गर्दा सरकारी गाडी प्रयोग गर्न नपाउने ।

काठमाडौँ,१४ भदौ ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मन्त्रीले आफ्नो उम्मेदवारी भएको क्षेत्रमा प्रचारप्रसार गर्दा सरकारी सवारीसाधन प्रयोग गर्न नपाउने भएका छन् ।

मङसिर ४ गते हुने निर्वाचनका लागि आयोगले जारी गरेको राजपत्रमा उल्लेखित आचारसंहितामा निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्री आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न यस आचारसंहिताले बाधा नपुर्‍याउने भएको छ । आचारसंहितामा लेखिएको छ,’ प्रचारप्रसार गर्दा सरकारी स्रोतको सवारीसाधन प्रयोग गर्न नपाइने भएको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button