राजनीति

सरकार ढाल्ने प्रयास भएको ओलिको इशारा ।

काठमाडौ, ११ माघ ।

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्।  अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गइरहेको बताएका हुन्।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा एमालेको स्कुल विभागको कार्यक्रममा बोल्दै उनले सरकार ढाल्ने र टिकाउने खेल भन्दामाथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक इक्सरसाईज’ गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे।

अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोशिस गरिरहेको दाबी समेत गरे। उनले नेपालको राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको पनि पटकपटक दोहो¥याए।

अध्यक्ष ओलीले भने, ‘अब सरकारको पनि ध्यान कता जाओस् कता नजाओस्। सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ। सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ। देशतिर कसले ध्यान दिने? यो खालको अवस्थाबाट चाँही हामीहरु अलिमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक इक्सरसाईज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्‍याउन सकिन्छ। त्यस काममा यहाँहरुको भन्दा जिम्मेवारी बढि हाम्रो छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button