राजनीति

नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग ।

काठमाडौँ , ०२ भदौ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।

बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् । सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । उनले  मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button