
समीर अली बेहना,
बाँके, २२ असोज ।
मानव इतिहासलाई पल्टाएर हेर्ने हो भने विभिन्न शासकहरुले विभिन्न कालखण्डमा मानव जाती माथी गरेको दमन हिंसा अपराधका गणना गर्न नसक्ने घटनाहरु देखा पर्छन् । शासकहरु मात्र नभएर हरेक समाजको आ-आफ्नै मुल्यमान्यता,सभ्यता , संस्कृति भएकोले प्रथा कुप्रथाहरु पनि गणना गर्न नसक्ने जति भेटिन्छन् । पैगम्बर मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको आगमन हुनुभन्दा अगाडि मानव इतिहास कस्तो थियो भनेर यसो बख्यान गर्दा , तपाईंलाई स्मरण हुन जान्छ कि, खाडी मुल्क अर्थात् साउदी अरेबिया(तत्कालीन हिजाज) , सिरिया(तत्कालीन शाम) दुबई, ईरान, अफगानिस्तान लगायतको देशमा नारीहरुलाई यति सम्मको हिंसा गरिन्थ्यो कि जन्म लिने बित्तिकै घाँटी थिचेर मार्ने चलन थियो । अरबी मान्यता थियो कि छोरी जन्मेपछि ससुरा भइन्छ र ससुरा बन्नु भनेको लज्जित काम हो । केही हदसम्म दाइजो प्रथाले पनि छोरी जन्माउनबाट अरबीहरुलाई रोक्ने गर्थ्यो । जाँडरक्सी ,मदिरा सेवनलाई सामान्य कामको रूपमा लिइन्थ्यो । बिहान साँझ मदिरा सेवन गर्ने त्यो समाजको अवस्था कस्तो होला भनेर कल्पना गर्न पनि सकिंदैन । अनैतिक सम्बन्ध राख्नु भनेको त्यति बेला महान कामको रूपमा देखिन्थ्यो । जसले जति धेरै अनैतिक सम्बन्ध कायम गर्थ्यो ऊ त्यति नै माहन ब्यक्तिको रूपमा समाजमा चिनिन्थ्यो । युरोपेली राष्ट्रहरुमा खाना खानु अघि हात धुनुपर्छ भन्ने समेत जानकारी थिए । सरसफाइको अवस्था यस्तो थियो कि अमेरिका, फ्रान्स बर्तानिया जस्ता सहरहरु फ़ोहोरको थलो बनेका थियो । जुन स्वस्थको लागि हानिकारक थियो । पश्चिमा राष्ट्रहरुको शैक्षिक अवस्था यस्तो थियो कि चिट्ठी लेखेर अरेबिक विश्वविद्यालयलाई आफ्नो बच्चाहरुलाई पढाई दिन निवेदन गर्थे । हत्या , हिंसा चोरी डकैती बलात्कार जस्तो घटना गणना गर्न सकिन्थेन । एसिया महाद्वीपको अवस्था त झन दु:खद र चिन्ताजनक थियो । यहाँ नारीहरुको अवस्था यस्तो थियो कि सती प्रथा विधुवा प्रथा जस्ता हिंसात्मक अपराधहरुले डेरा जमाएका थिए । नारीले आर्को विवाह गर्न पाउने अधिकार थिएन । श्रीमानको मृत्यु भयो भने श्रीमतीलाई पनि श्रीमान कै चिहानमा जल्नु पर्थ्यो । कहिँ कहिँ यस्तो अवस्था थियो कि विधुवा भएकि नारीलाई मन्हुसियतको रूपमा देखिन्थ्यो । श्रीमानको मृत्युपछी , एकान्त कोठरीमा हाल्ने गरिन्थ्यो । महिनौं सम्म कोठरीमा हालेर मृत्यु भएन भने कालोमोसो दलेर पाजी(गधा) माथी बसाई बजार परिक्रमा गराउँदै बेजत गरिन्थ्यो । सानो ठुलो वर्ग र जातजातिमा विभाजित मानव जाती मानवबाटै प्रताडित थिए । यस्तो हिंसा र अपराधले भरिएको त्यो समय कालकालखण्डमा पैगम्बर मोहम्मद सल्लल्लह हु अलैही वसल्लमको जन्म भयो । साउदी अरबको मक्का सहरमा जन्म भएको पैगम्बर मोहम्मद सल्लल्लाह हु अलैही वसल्लम सानै उमेर देखी सहयोगी र ईमानदार भएकोले मक्कामा मात्र नभएर छिमेकी नगरहरुमा समेत लोकप्रीय थिए । पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको जन्म ईश वि ५७० मा अरबको मक्का शहरको एउटा कुरैश कुलमा भएको हो । उहाँ अल्लाहको (इश्वर ) दूत भएर यो संसारमा अवतरित हुनु भयो । मानव इतिहास मै सबैभन्दा बढी समाजको लागि काम गर्ने र मानव जातिको उच्च स्थान के हो भनेर बोध गराउने महापुरुषको रूपमा पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमलाई चिनेनिने गरिन्छ । उहाँ सानै देखी सबै भन्दा फरक स्वाभवको हुनुहुन्थ्यो । आम बालबालिकाले खेलकुदमा ध्यान दिन्छन् , मनोरञ्जन गर्न रुचाउँछन् भने पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले समाजको हकअधिकार बारे आवाज उठाउने र तिनीहरुको सेवा सुविधाको बारेमा निति नियम बनाउने तरफ केन्द्रित रहनु हुन्थ्यो । उहाँको यस्तो स्वभाव र बिचार देखेर मक्कावासीहरु निकै हर्षित तथा प्रसन्नता ग्रहण गर्थे । उहाँको कामको चौतर्फी प्रसंशा समेत हुने गर्थ्यो । मक्का शहरमा बासोबास गर्ने नागरिकले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको काम र उहाँको आगमनबाट समाजमा परेको प्रभाव र फाइदाको निकै चर्चा गर्ने गर्थे । बाल्यकालमा चौतर्फी प्रसंशा भइरहेको पैगम्बरको युवा अवस्था पनि समाज कै लागि समर्पित भयो । चालीस वर्षको उमेरमा हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले आफू अल्लाहको अन्तिम पैगम्बर र अल्लाह (ईश्वर) एक रहेको भनी घोषणा गर्दा सोहि मक्का वासीहरुले आलोचना गर्ने काम सुरु गरेका हुन् । जुन मक्का शहरका नागरिकले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको प्रत्येक कामको प्रशन्सा गर्दथे । सोही मक्कावासीहरुले अब आलोचना गर्ने काम सुरु गरे । तैपनि पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले सत्यताको बाटो त्याग नगरी समाजको हकहितमा निरन्तर काम गर्दै जानुभयो । दीने ईस्लाम अन्तिम र सर्वश्रेष्ठ दीन रहेको प्रचार प्रसार गर्दै जाँदा केहि नागरिकहरु बिस्तारै दीने ईस्लाम स्वीकार गर्न सुरु गरे । दीने ईस्लाम स्वीकार गर्ने सबैभन्दा पहिलो पुरुष हजरत अबुबक्र सिद्दीक रजिअल्लाह हु तआला अन्हुं , महिलामा हजरते खतिजा रजिअल्लाह हु तआला अन्हुं हुन् भने बाल्यकालमा ईस्लाम स्वीकार गर्ने हजरते अली करम अल्लाह हु वजहुल करीम हुनुहुन्छ भनी विभिन्न पुस्तकहरुमा लेखिएको छ । यसरी दीने ईस्लामको बिस्तार हुँदै जाँदा शहरको नागरिक तथा केहि अगुवाहरुले आफुले प्रथना गर्दै आएको ईश्वरको विपरीत धर्म रहेको भनी विरोध जताएका हुन् । उनीहरुले आफ्नो आस्था र श्रद्धा माथी चोट पुगेको भनी पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लम माथी आरोप खेप्दै पैगम्बर हजरत मोहम्मद सल्ललाह हु अलैही वसल्लमको हत्या गर्ने निर्णय गर्न पुगे । तर अल्लाहको आदेश पश्चात् पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले मक्का शहर त्याग ( हिजरत ) गरेर मदिना शहर तिर प्रस्थान गर्नु भयो । मदिना सहरमा पनि त्यस्तै अपराधीक अवस्था थियो । वर्षौं देखी पछाडि पारिएका नारीहरुको रक्षाका लागि पैगम्बरले भन्नुभयो, चेलीछोरी आफ्नो आमाबुवाको लागि स्वर्गको मार्ग हुन् अर्थात् चेलीछोरीको राम्रो पालनपोषण गर्ने मानव स्वर्ग पाउनेछ , श्रीमती आफ्नो श्रीमानको लागि स्वर्गको मार्ग हो अर्थात् आफ्नो श्रीमतीलाई सम्मान सहित सम्बन्धमा राखेर जीवन बिताउने पनि स्वर्ग जान्छ । त्यस्तै पैगम्बरले आफ्नै छोराछोरीबाट पीडित बुढापाखा आमाबुबाको दुख पिडालाई जडैबाट फाल्न आमाको पैतला मुनि स्वर्ग छ र बुबा स्वर्गको द्वार हुन् भनेर संदेश दिनुभयो । अब यदि भौतिक जीवन बाहेक कसैले जीवन रहेको स्वीकार छ भने ऊ नारी जाती माथी दमन अत्याचार गर्दैन । र भयो पनि यहि पैगम्बरको संदेश पछि जुन जमातले चेलीछोरीलाई जन्मसाथ घाँटी थिचेर मार्थे अब उनीहरुले उच्चस्तरीय पालनपोषण गर्न थाले, नारीलाई हिंसात्मक दृष्टिले हेर्ने जमात अब बाटो हिड्दा आफ्नो दृष्टि झुकाएर हिड्न थाले । आमाबाबुको सम्मान यहाँसम्म पुग्यो कि मानवले आमाबाबुसँग ठुलो स्वरमा बोल्न समेत आँट गर्थेनन् ।
आधुनिक युग विज्ञान र प्रविधिको युग हो। विज्ञानले ध्वनि बारे जुटाएको जानकारीको आधारमा फाइदा र बेफाइदा बख्यान गर्छ । त्यसैमा विज्ञानले ध्वनि प्रदुषण बारे पनि जिकिर गर्दछ । तर पैगम्बरले १४ सय वर्ष अगाडि मक्का सहरबाट बाहीर जाने क्रममा बाजा गाजा बजाइ रहेको भीड देखेर आफ्नो कान छोप्नु भयो । पैगम्बरको अनुयायी हजरत ए अब्दुल्लाह बिन उमरले भन्नू हुन्छ , पैगम्बर मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले बाजा गाजाको क्षेत्रभन्दा धेरै टाढा पुगेर आफ्नो कानबाट औंला हटाउनु भयो । हजरत ए अब्दुल्लाहले सो बारे प्रश्न गर्दा पैगम्बरले ढोल बाजा (म्यूजिक) हराम छ भन्नू भयो अर्थात् प्रतिबन्ध छ । यसबाट स्पष्ट हुन्छ कि ध्वनि प्रदुषण रोक्न पैगम्बरको सिद्धान्तले महत्त्वपूर्ण भुमिका खेल्न सक्छ ।
त्यस्तै चोटि एक जना सहाबिए रशूल (नबिको जमानामा भएको इमन्दार अनुयायी )आउनुभयो र उहाँले आफ्नो छोरा हराएको जिकिर गर्नु भयो । उहाँको अनुसार छोरा हराएको करीब तीन दिन भएको थियो र उहाँको घर परिवार सबै चिन्तित थिए । त्यति बेला हाम्रो प्यारो नबि हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले उहाँको छोरा छिमेकको गाउँको एउटा बगैचामा खेलिरहेकको बताउनु भयो । ती सहाबिए रशूल एकाएक आफ्नो छोराको मायामा हतारिएर भेट्न् जान खोजे तर पैगम्बरले उहाँलाई जानबाट रोक्नु भयो त्यसपछि ती सहाबिए रशूलले हाम्रो पैगमबर सँग प्रश्न गर्नुभयो कि या रशूलाल्लाह सल्लल्लाह हु अलैही वसल्लम के म आफ्नो छोरासंग भेट्न सक्दैन ? पैगम्बरले जवाफ दिंदै भन्नुभयो कि तिमि अवश्य नै भेट्न् सक्छौ तर मैले भनेको अनुसार भेट्छौ भने राम्रो हुन्छ । यदि तिमि त्यसै त्यहाँ गयो भने आफ्नो छोराको मायामा आफुलाई रोक्न सक्दैनौं र आफ्नो छोरालाई माया प्रेम गर्दै बाबु-सानु भनेर बोलाउंँछौ, उसलाई अंगालो लगाउंछौ जसले गर्दा त्यहाँ भएको बालबालिकाहरुमा नराम्रो असर पर्न जान्छ किनभने त्यहाँ भएका सबै बालबालिकाको आमाबुवा नहुन पनि सक्छन् । कोहि अनाथ पनि हुन सक्छ । यदि तिमिले त्यहाँ आफ्नो छोरालाई माया गर्यो भने ति अनाथ बालबालिकाहरुको मन दुख्न सक्छ । त्यसैले तिमि त्यहाँ जाँदा आफ्नो छोरालाई बाबु-सानु नभनी छोराको नाम लिएर बोलाउनु अनि घर ल्याएर माया गर्नु ।
यस्ता विभिन्न प्रभावकारी सिद्धान्त र संदेशहरु छन् जुन मानव जातिलाई समाजमा सरल र सुख्मय जीवन यापन गर्ने प्रेणा दिन्छन् । यसरी समाजको लागी गरेको योगदान र संघर्षलाई देखेर मदिनावासी लगायत सम्पुर्ण मुस्लिम जगतले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको जन्म उत्सव मनाउने गरेको छ ।
(यो लेख आलेख लेखकले किताबबाट जुटाएका संदेशमुलक व्यक्तिगत विचार हुन् ।)



