प्रधानमन्त्री दाहाल अमेरिकाको न्युयोर्कबाट हाङचउ
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति सी चिनफिङसँग शनिबार हाङचउमा शिष्टाचार भेट गरे। उनी शनिबार नै अमेरिकाको न्युयोर्कबाट हाङचउ पुगेका हुन्। त्यहाँ १९ औं एसियाली खेलकुदको उद्घाटन कार्यक्रम रहेको छ।शनिबार चीनको हाङचउ विमानस्थलमा प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए जसमा चिनियाँ राजदूत छन सोङलगायत दुई देशका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो।
प्रधानमन्त्री दाहाल अमेरिकाको न्युयोर्कबाट चीन पुगेका हुन्। उनी चीनको राजधानी बेइजिङ जाने छन् र सोमबार आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्न कार्यक्रममा सहभागी हुनेछन । चीनमा रहदा चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले मंगलबार चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ।



