राजनीति

बाँके क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय उद्घाटन ।

 

बाँके, ५ कार्तिक ।
नेकपा माओवादी केन्द्रको बाँके जिल्लाको क्षेत्र नम्बर २ को प्रचारप्रसार कार्यलय उद्घाटन गरिएको छ । स्थानीय नेता कार्यकर्ता तथा सदस्यहरुको उपस्थितिमा गरिएको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश बाँके क्षेत्र नम्बर २ प्रत्येक्ष उम्मेदवार उम्मेदवार अकल बहादुर बमले लुम्बिनी प्रदेशलाई नमुना प्रदेश बनाउने प्रतिबद्धता जताएको छन् । उनले शिक्षा, स्वस्थ, कृषि र पर्यावरण लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । त्यस्तै नेकपा माओवादी केन्द्र कै प्रदेश सभा सदस्यकि उम्मेदवार काली मियाँ (कस्मिरा) खातुनले उद्धमशीलता, नेतृत्व विकास , सहभागीता , उत्पादन लगायतको क्षेत्रलाई समेट्दै जिम्मेवारी निभाउने बताइकी छिन् । उनले क्षेत्र नम्बर दुईमा रहेको गरीब पीडित आसहायका लागि स्वरोजगार सृजना गर्ने प्रतिबद्धता जताएकी हुन् । कार्यक्रममा सहभागी नेकपा माओवादी नेपालगञ्जका नगर अध्यक्ष रतन बहादुर शाहीले नेकपा माओवादीको जनता प्रतिको योगदान तथा त्यागहरुलाई उजागर गरे । उनले बताए, कि लाखौं जनता हकहितका लागि १० वर्ष सम्म घरबार छोडेर जनताले जङ्गल बस्नु परेको थियो । हामीले यतिको संघर्ष पश्चात् पाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका निम्ति वफादारीपुर्वक मतदान गर्न जरुरी छ । बाम गठबन्धनले लिएको उद्देश तथा एजेन्डाहरुलाई पूरा गर्न जनताको साथ सहयोग निकै महत्त्वपूर्ण भएकोले सबैले नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुलाई मतदान गर्नुस् । त्यस्तै प्रदेश सदस्य कलामुन अन्सारीले समेत दलित मुस्लिम लगायत पिछडिएका समुदायको सहभागिता तथा अधिकारको लागि माओवादीको योगदान बारे जिकिर गरिकी हुन् । उनले नेपाली जनताको विकासका लागि नेकपा माओवादी एक मात्र पार्टी रहेको बताइन् । सभामा नेकपा माओवादी केन्द्रका वाइसीएल नेता इरफान अली रङ्गरेज, केन्द्रिय सदस्य मनिशा चंदारा, नविल शर्मा लगायतले उपस्थिति जनाएको थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button