समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जना कन्यालाई लगाइन् टीका ।

काठमाडौं, १८ असोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महानवमीमा नव दुर्गादेवीको पूजा आराधना गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरका नौ जना कन्यालाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गरेकी हुन् ।

उनले कन्याहरूलाई लत्ताकपडा समेत उपहार दिईन । कन्याहरूलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैँ खुट्टा धोएर सुत्न पनि आग्रह गरेकी थिइन् । त्यस अवसरमा ‘रातो टीका निधारमा… र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गरेकी थिइन् ।




