शिक्षासमाज

३ सय१६ पदका लागि लोकसेवाले खुलायो जागिर।

बाँके, १९ मंसिर ।

प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ३ सय १६ पदका लागि दरखास्त माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान गरेको हो ।

आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् ।
चैत २५ बाट लिखित परीक्षा सुरु भई जेठ २०सम्म कायम रहने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button