अन्य

३ करोड ३० लाख मानिस प्रभावित `पाकिस्तान ´ ।

इस्लामाबाद, १७ भदौ ।

पाकिस्तानमा अविरल वर्षाका कारण बाढीले लाखौं नागरिक प्रभावित भएका छन् । सिन्ध प्रान्तमा सिन्धु नदीको बहावका कारण १०० किलोमिटर कटान भइ फराकिलो ताल बनेको छ । नासाको मोडिस स्याटेलाइट सेन्सरबाट अगस्ट २८ मा लिइएका नयाँ तस्बिरहरूले भारी वर्षा र सिन्ध नदीको बहावको संयोजनले दक्षिणको सिन्ध प्रान्तको धेरै भाग डुबानमा परेको छ ।

सिएसीएनक्प अनुसार तस्विरमा सिन्धुको बहाब बढ्दा १०० किलोमिटर चौडाइ क्षेत्र जलमग्न भएको देखिन्छ । उक्त भुमि वर्षा अघि कृषि प्रयोजनमा उपयोग गरिन्थ्यो ।

पाकिस्तानमा विगत केहि हप्ता देखि जारी भीषण वर्षा १ दशकपछिकै ठूलो बाढीलाई निम्त्याएको छ । बाढीका कारण ११ सय ६२ जनाको मृत्यु भएको पाकिस्तानी प्रशासनले जनाएको छ । बाढीका कारण दजनौँ मानिस बेपत्ता छन भने ३ हजार ५ सय जना गम्भीर घाइते भएका छन् । देशका ३ करोड ३० लाख मानिस प्रभावित छन्। बाढीले १० अर्ब डलर बराबरको क्षति गरेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। राष्ट्रसंघले बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न आह्वान गरेको छ।

बाढीपछि चीन, बेलायत, क्यानडालगायतका देशले पाकिस्तानलाई सहयोग गरेका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button