समाज

राजकीय सम्मानका साथ प्रदीप गिरीको अन्त्यष्टि

शनिवार राति स्वर्गीय  भएका नेपाली कांग्रेसका नेता तथा प्रबुद्ध समाजवादी व्यक्तित्व प्रदीप गिरीकाे आज आइतवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।  गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताएका छन् ।

क्यान्सर  रोगबाट पीडित नेता गिरीलाई अन्तिम श्रद्धाञ्जलि दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अन्य मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए भने उनका छोरा भातिजाहरुले दगाबत्त्ती दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button