दुर्घटना

खानेतेल सहित ट्रक त्रीशुलीमा खस्यो ।

धादिङ , १२ भदौ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, जरेखेतमा ट्रक दुर्घटनामा परेको छ । ना ५ ख ५९५५ ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा पुगेको हो । विराटनगरबाट खानेतेल बोकेर काठमाडौं आउदै गरेको ट्रकमा अचानक आगलागी भइ सडकबाट त्रिशूली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी भावेश रिमालले बताए । ट्रकको अगाडिपट्टि भागमा आगो लागेको छ । ट्रकका चालक भने सकुशल छन् ।
इलाका प्रहरी कार्यालय गजुरीका डीएसपीसहितको जनपथ प्रहरीको टोली र आदमघाटस्थित सशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।प्रहरी र स्थानीयले समयमै उद्धार गर्न सकिएकोले दुर्घटनास्थलमा मानवीय क्षति हुनबाट जोगिएको डीएसपी रिमालले बताए । तेल बोकेको ट्रकमा आगो सल्किए पनि समयमै आगो नियन्त्रणमा लिन सकिएकोले थप क्षति हुनबाट जोगिएको पनि डीएसपी रिमालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button