सभापति रवि लामिछानेले आफ्नो पार्टी संघियताको खारेजीको पक्षमा नरहेको जनाएका छन् । बिहीबार उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधार गर्नु पर्ने बताए ।‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’
Related Articles
सय किलोमिटर प्रतिघन्टा कुद्ने बाटो बन्दै
७ कार्तिक २०८०, मंगलवार
के दिए त एस जयशङ्करले
२१ पुष २०८०, शनिबार
Check Also
Close
-
हजारौं वन्यजन्तु तनावपुर्ण बासस्थान ।३१ श्रावण २०७९, मंगलवार

