अन्तर्राष्ट्रियखेलकुदमनोरञ्जन

श्रीलंकाद्वारा ४ विकेटले अफगानिस्तान पराजित ।

‌जारी आइ सि सि टि २० विश्व कपको सुपर फोरमा श्रीलंकाले ४ विकेटले अफगानिस्तान माथी शानदार वियज हासिल गरेको छ । सनिवार दुबैमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले  ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । अफगानिस्तानको लागि गुरबाजले ४ चौका र ६ छक्का सहित ८४ सर्वाधिक रन बनाएका थिए ।  भने सहयोगी खेलाडी इब्राहिम जाद्रानले ४० रन बनाए । अफगानिस्तानको लागि मुजिब उर रहमान र नविन उल हकले समान २-२ विकेट लिएका हुन् भने राशिद खान र मोहम्मद नाभीले १-१ विकेट लिए । निर्धारित २० ओभरमा १ सय ७६ रनको लक्ष्य पछ्याउँदै गरेको श्रीलंकाले ५ बल  बाँकी हुँदै ६ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो । श्रीलंकाको लागि सर्वाधिक कुशल मेन्डिसले ३६ रन बनाएको थिए । यस्तै पाथुम निसंकाले ३५ रन बनाउँदा धनुष्का गुणाथिलकाले ३३ रन जोड्दै लक्ष्य प्राप्तिमसहयोग पुर्‍याए । श्रीलंकाका दिलशान मदुशनकाले २ तथा स्पिनर महेश थिक्सना, असिथा फ्रेनान्डोले समान १-१ विकेट लिए ।  आई सइ सि सिको अनुसार आइतबार भारत र पाकिस्तान बीच ७:४५ बेलुका हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button