अन्तर्राष्ट्रिय

भारतीय ८ पूर्वसैनिक अधिकारीलाई  मृत्युदण्डको फैसला

कतारले भारतीय ८ पूर्वसैनिक अधिकारीलाई  मृत्युदण्डको फैसला सुनाएको छ। २०२२ अगस्टमा पक्राउ परेका उनीहरूमाथि कस्तो  अभियोग लगाइएको  छ भन्कने कुरा कतारले सार्वजनिक सार्वजनिक नगरे पनि कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बनाएको र सबै कानुनी विकल्पहरु खोज्ने जनाएको छ। पक्राउ परेका व्यक्तिहरू अल दाहरा कम्पनीमा कार्यरत थिए। सो कम्पनीले कतारका सैनिकलाई तालिम र त्यससँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउँदै आएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button