अन्तर्राष्ट्रियराजनीति

बालेन्द्र साह एक सय प्रभावशाली व्यक्तित्वहरुको सूचीमा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वहरुको सूचीमा परेका छन् । उनी वि.सं. २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका हुन्  । पत्रिकाको अनलाइन संस्करणले उनलाई एक सय उदीयमान नेतृत्वको सूचीमा समेटेको हो । प्रमुख साहले स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। उनले मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको हो । प्रमुख साहले गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा फोहरको राम्रो विसर्जन, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक, सहरी विकास, संस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिबद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको हो । प्रमुख साहले फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको हुनुपर्छ। पत्रिकामा प्रमुख साहले सहरका गैरकानुनी भवन भत्काई कानुनको पालना सबैले गर्नुपर्छ भन्ने संदेश दिएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button