अर्थतन्त्रसमाज

मिटरब्याजी समस्या समाधान गर्छु `प्रधानमन्त्री प्रचण्ड ´ ।

काठमाडौं, ६ माघ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले बैठकमा भने, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्दा मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित भएका  छन् । यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान मिटरब्याजी समस्यालाई समाधान गर्नेछु ।

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button