प्रज्ञा अर्याल,
बाँके, ४ मंसिर ।
बाँकेको कोहलपुर नगरपालिका बागेश्वरी बहुमुखी क्याम्पस मतदान केन्द्रमा शान्तिपूर्ण मतदान हुँदै । ६ वटा भोटिङ बुथ रहेको मतदान केन्द्र बिहानै देखी मतदान सुरु भएको हो । करीब ७०% मतदान हुने अनुमान गरिएको छ । निर्वाचन अधिकृतले बताए कि मतदानमा अहिलेसम्म कुनपनी किसिमको विवाद उत्पन्न भएको छैन । हरेक बुथमा निर्वाचन सम्पन्न गराउन कर्मचारीहरु सक्रियताका साथ लागेका छन् । साँझ ५ बजे सम्म चल्ने मतदानमा ५ बजेपछि भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने छैन भनी उहाँले बताउनु भयो । मतदाताहरु कडा घामका बावजुद मतदान स्थलमा बिहानै देखि पुगेका छन् । एकजना महिलाले भनिन्,` लोकतान्त्रको सुन्दर पक्ष भनेकै मतदान गर्न पाउने अधिकार हो । हामीले मतदान गर्न पाउँदा निकै उत्साहित र निश्पक्ष छौँ । काम गर्नेलाई मतदान गरिनेछ ।´