अन्तर्राष्ट्रियराजनीति

नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ क्यानडा प्रस्थान ।

काठमाडौँ, १० असोज ।
क्यानडाको मड्रियल सहरमा मंगलबारदेखि सुरु हुने महासभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरू उक्त सम्मेलनमा सहभागी हुनेछन् । मन्त्री श्रेष्ठले सम्मेलनमा उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने छन् ।

यसका साथै उनले हवाइ सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धीबारे पनि महासभालाई जानकारी गराउने कार्य तालिका रहेको छ ।

महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाइ यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । महासभा अक्टोबर ७ सम्म चल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button