अन्तर्राष्ट्रियखेलकुद

साफ महिला फुटबल च्याम्पियनसीप सुरु ।

काठमाडौं, २१ भदौ ।
दशरथ रंगशालामा मंगलबार देखि छैटौँ संस्करणको साफ महिला फुटबल च्याम्पियनसीप सुरु हुँदैछ । च्याम्पियनसीपको उद्घाटन खेल नेपाल र भुटानबीच नेपाली समय अनुसार ५:३० मा हुनेछ ।

नेपाल यसअघि चार पटकको उपविजेता भएको छ । यसपटक पनि नेपालले भुटानलाई पराजित गर्दै च्याम्पियनसीपमा विजयी सुरुवात गर्न चाहन्छ । आर्को तिर भुटानले भने घरेलु टोलीलाई पराजित गरि स्तब्ध बनाउने अपेक्षासहित मैदानमा उत्रनेछ ।

नेपालले च्याम्पियनसीपको उपाधि जित्ने लक्ष्य एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा राखेको छ । एन्जिलाले नेपाललाई उपाधि दिलाउने लक्ष्य लिए टोलिले सबै तयारी तथा अभ्यास पूरा गरेको बताइन् ।

यता नेपालली टोलिको मुख्य प्रशिक्षक कुमार थापा पनि नेपालको उपाधिको खटेरी तोड्ने लक्ष्यसहित च्याम्पियनसीपमा सहभागिता जनाउन लागेको जनाएका छन् । भुटानलाई भने घरेलु टिमविरुद्ध खेल्न त्यति सजिलो भने पक्कै पनि हुनेछैन । कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा आयोजक नेपालसँगको खेल सहज नहुने धारणा राखेकी छन् । घरेलु समर्थकसामु खेल्दा मानसिक रूपमा पनि कठिन हुने उनको भनाइ छ ।

समूह ‘बी’ मा नेपाल, भुटान र श्रीलंका रहेका छन् । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध सेप्टेम्बर १२ मा खेल्नेछ । समूह ‘ए’ मा भने पाँच पटककै विजेता भारतसहित पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button