अर्जेन्टिनाको उपराष्टपतिको हत्या गर्ने प्रयास
अर्जेन्टिनाको उपराष्टपतिको हत्या गर्ने प्रयास ।

बाँके,१७ भदौ ।
अर्जेन्टिनाको उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई बन्दुक हानी हत्या गर्ने प्रयास भएको छ । उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास गर्ने आरोपमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उक्त ब्यक्तिले उपराष्ट्रपतिको हत्या गर्ने मनसायले बन्दुक प्रहार गरेको प्रहरीले जनकारी गराएको छ ।
बिहीबार राति क्रिस्टिना आफ्नो घरबाहिर समर्थकहरूको बीचमा भएको बेला ऊनी माथी बन्दुक प्रहार गरिएको हो । सोही कामलाई अञ्जाम दिने क्रममा नजिक भएका मानिसहरूले भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको छन् । भिडियोमा शरीरमा जोडेर बन्दुक प्रहार गर्न खोजेजस्तो देखिन्छ ।
बीबीसीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेट डे किर्चनर घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक व्यक्तिले उनको अनुहार ताकेर हाते बन्दुक देखाएको प्रकाशित गरेको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर चलाउँदा गोली लाग्न असफल भएको बताएका छन् । उपराष्ट्रपति अहिले भ्रष्टाचारको मुद्दा खेपिरहेकी छिन् । यो घटना घट्दा उनी अदालतबाट घर फर्कंदै थिइन् । उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् ।
अर्जेन्टिनाका सुरक्षामन्त्री अगुस्टिन रोसीले स्थानीय समाचार च्यानल सीफाइभएन लाई घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । ‘आक्रमणकारीले उपराष्ट्रपतिको अनुहार नजिकै बन्दुक राखेका थिए । घटनाका क्रममा अराजकता भएको थियो,’ उनले भने, ‘संदिग्ध व्यक्ति क्रिस्टिनाको अगाडि देखा पर्ने बित्तिकै उनका सुरक्षा गार्डहरू सक्रिय भए ।’




