शिक्षक महासंघले शिक्षा विधेकयले शिक्षकहरुको माग र मुद्दालाई बेवास्था गरेको भन्दै असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएर काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका थिए। शनिवार भएको भनिएको सरकार र महासंघबिच ७ बुँदे सहमतिले आफ्नो माग नसमेटिएको भन्दै राहत शिक्षकहरुले आन्दोलन कायम राखेका छन्।
आन्दोलन जारी राख्ने राहत शिक्षकहरुले आफुहरुको माग सहमतिमा नसमेटेपछि राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सरकार र आन्दोलनरत शिक्षकहरुको महासंघको सहमतिमा ४५ हजार राहत शिक्षकको माग सम्बोधन नभएको बताए। त्यसैले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन पर्ने आफुहरुको माग भएपनि सहमतिमा ४५ हजार शिक्षकको माग बेवास्ता गरिएको अधिकारीले बताए।

