खयरभट्टीमा २२ किलोमीटर विद्धुतिकरण हुने ।

बाँके, ६ पुष ।
बाँकेको खयरभट्टी क्षेत्रमा २२ किलोमीटर विद्युतीकरणको लागि बजेट स्वीकृत भएको छ । नव निर्वाचित लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी (नमुना) को पहलमा पहिलोटक खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएको हो । खयरभट्टी बाँकेको एउटा त्यस्तो क्षेत्र हो जहाँ अहिले पनि जनताले टुकी बालेर जीवन बिताउँदै छन् । विद्धुतिकरणले खयरभट्टीको जनता उत्साह ल्याएको छ । खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि तीन करोड पचास लाख रुपैयाँ स्वीकृत भएको सांसद नमुना केसि ले जानकारी गराइन् ।

विद्युतीकरणका लागि नेपालगन्ज विद्धुत वितरण केन्द्रले तयार पारेको अनुमानित बजेटसहित काठमाडौं पुगेकी नमुनाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फाइल पेश गरेकी थिइन् । काठमाडौंमा रहेकी नमुनाले खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट पारित भएको बताइन् । उनले भनिन्, `खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि मैले थालेको प्रयासले सार्थकता पाएको छ’ । नमुनाले टेलिफोनमा मार्फत स्थानीय मिडियालाई बताइन् कि, लामो पहल पछि ‘नरैनापुर र राप्तीसोनारीका अन्य क्षेत्रमा बिजुली पुर्याउन सफल भएपनी खयरभट्टीमा अहिलेसम्म विद्धुतिकरण हुन सकेको थिएन । कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तावित बजेट स्वीकृत गरेसंगै यो क्षेत्रमा पनि जनताले अध्यारोमा बस्ने अवस्था नरहने भनी पक्का भएको छ ।
खयरभट्टीसम्म करिब २२ किलोमिटर ‘११ केभी प्रशारण लाईन’ र ४ दशमलभ ३ मिटर वितरण लाईन विस्तार गर्न तथा ३ थान ट्रान्सफर्मर जडानका लागि बजेट स्वीकृत भएको सांसद उनले जानकारी गराएकी हुन् । खयरभट्टीमा करिब ४ सय घरधुरीलाई विद्युत सेवा पुर्याउन विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रबाट विद्युतिकरणको काम अगाडि बढ्नेछ छ भनी विश्वस्त रहेको उनले जिकिर गरिन् । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज डिभिजन कार्यालयका प्रमुख सुरज गौतमले पनि बजेट स्वीकृत भएर आएको जानकारी दिए । ‘माथिल्लो निकायबाट खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएर आएको छ’ उनले भने, ‘अब नेपालगन्ज वितरण केन्द्रलाई टेण्डर आह्वान गर्ने बाटो खुलेको छ ।’



