उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्यो ।

बाँके, १८ असोज ।
जापानले उक्त क्षेप्यास्त्र यही देशबाट गुज्रिएको हुनसक्ने बताएको छ। उत्तर कोरियाले स्थानीय समय अनुसार मंगलबार बिहान अज्ञात प्रकारको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । दक्षिण कोरियाली सेनाका चिफ अफ जनरल स्टाफले एक विज्ञप्तिमा क्षेप्यास्त्र पूर्वतिर फर्केको तर थप विवरण भने दिएनन्। यसैबीच प्योङयाङले दक्षिण कोरिया, जापान र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास समाप्त भएको जनाएको छ । उत्तर कोरियाले यो वर्ष इतिहासमा भन्दा धेरै हतियारको परीक्षण गरेको छ र गत हप्ता मात्रै उसले छोटो दूरीको ब्यालिस्टिक मिसाइलको चार परीक्षण गरेको छ। पाँच वर्षको सैन्य अभ्यासपछि जापान, अमेरिका र दक्षिण कोरियाले पनि पनडुब्बी अभ्यास गरेका थिए भने त्यसअघि दक्षिण कोरिया र अमेरिकी नौसेनाले पनि कोरियाली टापुको पानीमा पनडुब्बी विरोधी सैन्य अभ्यास गरेका थिए । उत्तर कोरियाले यस्तो सैन्य अभ्यास आफ्नो देशमा आक्रमण गर्ने तयारी भएको भन्दै त्यसले आक्रोशित भएको बताएको छ । यसै क्रममा जापानी प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाको क्षेप्यास्त्र यस देशबाट गुज्रिएको हुनसक्ने र आफ्ना नागरिकलाई सुरक्षित क्षेत्रमा लुक्न निर्देशन दिएको बताएको छ । मिसाइल प्रहारपछि जापानको क्षेप्यास्त्र चेतावनी प्रणाली सक्रिय भएको छ ।



