राजनीति

सिट बाँडफाँड गर्न आज बैठक बस्ने ।

काठमाडौं, २१ भदौ ।
मंगलबार पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ ।  साँझ ६ बजे बस्ने बैठकमा गठबन्धनको सिट बाँडफाँड हुने छलफल गरिनेछ । बैठकले सिट बाँडफाँट टुंगो लगाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी छ

सोमबार बसेको बैठकमा मंगलबार निस्कर्षमा पुग्ने सहमति भइ आज बैठक बोलाइएको हो । कांग्रेस नेता तथा सूचना तथा सञ्चार मन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल भएको थियो ।

सोमबार १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरिएको थियो भने र मंगलबार  संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर प्रतिवेदनलाई अन्तिमरूप दिइने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button