राजनीतिसमाज

अल्टिमेटम सूचनाको २४ घण्टा भित्र बुझायो फनपार्कले कर ।

बाँके, १६ भदौ ।

काठमाडौ महानगरले जारी गरेको अल्टिमेटम सूचनाको २४ घण्टा भित्र काठमाडौं फन पार्कले महानगरपालिकालाई कर बुझाएको छ । पार्कले महानगरपालिकालाई मनोरञ्जन करबापत १७ लाख ३६ हजार रुपैयाँ बुझाएको छ । काठमाडौ महानगरपालिकाको राजस्व विभाग प्रमुख शिवराज अधिकारीको अनुसार पार्कले एकतर्फी रूपमा मूल्यांकन गरेर कर बुझाएको छ । उहाँले भन्नु हुन्छ,‘ फनपार्कले सेल्फ डिक्लेरसन गरेर १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको छ । जुन अहिले भेरिफाइ गर्न बाँकी छ । शिवराजका अनुसार कर भुक्तानी फरक देखिएमा जरिवाना लगाइने छ ।’

महानगरको नियामन तालिकामा मनोरञ्जन प्रवेश शुल्कमा ५ प्रतिशत कर लिने ब्यवस्था छ । पार्कले व्यवसाय कर २ लाख ६१ रुपैयाँ बिहीबार नै बुझाई सकेको हो ।

उनले भने, पार्कले मासिक ५ लाख ५५ हजार रुपैयाँ समाज कल्याण परिषदलाई भाडा भुक्तानी गर्दै आएको छ । त्यसको १० प्रतिशत बहाल कर परिषद्ले महानगरलाई तिनुपर्ने हुन्छ । परिषद्ले २०६९ सालदेखि पार्कले महानगरलाई बहाल कर बुझाएको छैन । २०६९ देखि २०७३ सम्म दुई प्रतिशत र २०७३ देखियता १० प्रतिशत रकम बहाल कर परिषद्ले तिर्नुपर्ने बताए ।

महानगरले निकालेको मोटामोटी हिसाबमा परिषद्ले बहाल कर मात्रै ४५ लाखभन्दा बढी तिर्नुपर्ने देखिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा कर तिर्न भन्दै विभागले पार्कलाई २४ घन्टाको अल्टिमेटम दिएर कर चुक्ता गर्न निर्देशन दिएको थियो ।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button