अविरल वर्षाका कारण पहिरोमा परेको दुई बस त्रिशुली नदीमा खसेर वेपत्ता भएका छन्। सशस्त्र प्रहरीका अनुसार, बिहान ३ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरो झरी भएको गाडी र काठमाडौँबाट आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन्। बीरगन्जबाट आएको गाडीमा २०–२१ जना र गणपति डिलक्समा करिब ४०–४२ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ। साथै, सशस्त्र प्रहरी बल नेपाल नं. १७, ३५ जना, बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन्। मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी पनि सशस्त्र प्रहरीले प्रकाशित गरेको छ।
Related Articles
Check Also
Close
-
सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिँदै ।१५ मंसिर २०७९, बिहीबार




