दुर्घटनासमाज

दाइजोमा कार नदिँदा श्रीमतीलाइनमा कुटपिट गर्ने पक्राउ ।

रौतहट, १८ भदौ ।
श्रीमतीलाई कुटपिट गरेको फरार आरोपी रोशनकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा गरुडा नगरपालिका ५ का निवासी रोशनकुमार गुप्तालाइनमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।  श्रीमती प्रियादर्शनीले प्रहरीमा जोहरी दिएपछि गुप्ताका परिवारविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसपछि श्रीमन रोशनकुमार गुप्ता फरार भए । रोशनले विवाहमा ३० लाख भारु लिएको समेत पीडित प्रीयादर्शनीले बताइन्  । दर्शनीको अनुसार श्रीमानले विवाहपछि कार मागेको थिए  । कार दिन नसकेपछि गुप्ता र गुप्ताको परिवार मिलेर प्रियादर्शनीलाई कुटपिट र यातना दिएको आरोप छ ।

जिल्ला प्रहरीले फरार गुप्तालाई बिहीबार साँझ पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । गुप्ताले भारत विहार शिवहर जिल्ला पिपरा थाना बसहिया गाउँका २४ वर्षीया प्रियादर्शनीसित २०७७ मंसिर १० मा विवाह गरेका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल मल्लले गुप्तालाई अदालत पेस गर्ने तयारी भइरहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button