बाँके २ नम्बर क्षेत्रमा जनमतबाट इरफान लड्ने ।

बाँके,१५ भदौ ।
सिके राउतले नेतृत्व गरेको जनमत पार्टीका संस्थापक केन्द्रीय सदस्य इरफान शेष आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाँके-२ बाट चुनाव लड्ने भएका छन् ।
जनमत पार्टीका केन्द्रिय सदस्य इरफान २०७४ सालमा मोहम्मद इश्तियाक राई जितेको बाँके-२ बाट चुनाव लड्न लागेका हुन् । जनमत पार्टी बाँकेको बसेको बैठकले इरफानलाई बाँके २ बाट चुनाव लडाउने निर्णय गरेको स्मार्ट पत्रीकालाई जानकारी गराइएको दिएको छ ।
इरफान डुडुवा गाउँपालिका–६ निवासी हुन् । जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा पहिलो पटक भाग लिएको थियो भने बाँकेमा सम्मानजनक मत प्राप्त गरेको थियो । २०७५ फागुन २४ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो। ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो ।
मुस्लिम समुदायबाट राजनीतिमा होमिएका इरफान बाँकेका सक्रिय नेताको रुपमा चिनिएका छन् । इरफान चुनाबी मैदानमा उत्रिए संगै निर्वाचनमा कडा प्रतिस्पर्धा हुन सक्ने देखिएको छ ।




