राजनीति

भ्रष्टाचार निर्मुलन पहिलो प्राथमिकता `प्रकाशन´ ।

बाँके,६ कार्तिक ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन्। उनले आज बिहान आयोजित चुनावी कार्यक्रममा मुलुक निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन्।
नेता सिंहले प्रशासनिक प्रक्रियामा झन्झटिलो रहेको, समयमा कहीँ काम नहुने गरेको भन्ने जनताको गुनासोको अन्तः गर्नु आफ्नो प्राथमिकता रहेको बताए। राजनीतिक स्थायित्वले मात्र सुशासन कायम हुने र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने उनकाे भनाइ थियो।
आगामी निर्वाचन मुलकमा राजनीतिक स्थिरता कायम गराउने र अस्थिरता चाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्दै नेता सिंहले युवामा आशा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माणमा जोड दिए।
काठमाडौँको मुख्य समस्या खानेपानी, फोहर व्यवस्थापन, ट्राफिक जामलगायत न्यूनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू जनतामाझ आइरहेकाले विवेकपूर्ण निर्णय गर्न आममतदातालाई उनले आग्रहसमेत गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button