Online News Portal
शैक्षिक योग्यता नै नपुगेका व्यक्ति राजदूत सिफारिस
सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन्। व्यस्तताको कारण जनाउँदै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन संसदीय सुनुवाइ समितिमा दर्ता गराएका हुन्।
प्रस्तावित राजदूत भट्टराईको विषयमा निर्णय लिनका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार ३ बजे बोलाइएको छ। उक्त बैठकले प्रस्तावित राजदूतले नाम फिर्ता लिने निवेदन दिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिने सुनुवाइ समितिका सभापति इश्वरीदेवी न्यौपानेले बताइन्।
राष्ट्रिय परिचयपत्र अब मोबाइलमा
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अब नागरिकहरूले आफ्नो परिचयपत्रको विवरण मोबाइलबाटै हेर्न र स्क्रिनसट प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ। सिटिजन पोर्टलमा आफ्नो नाम, जन्ममिति, र नागरिकता जारी मिति टाइप गरेर नागरिकहरूले आफ्नो विवरण हेर्न सक्छन्। पोर्टल खोल्न नसक्नेहरूका लागि विभागले क्युआर कोड स्क्यान गरेर विवरण भर्ने सुविधा पनि उपलब्ध गराएको छ।
महानिर्देशक युवराज कट्टेलका अनुसार, नागरिकतामा उल्लिखित विवरण मात्र भर्नुपर्नेछ र यो प्रक्रिया सुरक्षित बनाइएको छ। फोटो खिचाएपछि तीन सातापछि अनलाइनबाटै सबै विवरण हेर्न सकिने प्रबन्ध मिलाइएको छ। हालसम्म, १ करोड ५३ लाख जनाले परिचयपत्र दर्ता गराएका छन्, जसमध्ये ९ लाखलाई परिचयपत्र प्रदान गरिएको छ।
सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। यसअघि सरकारले सामाजिक सुरक्षा भत्ता र पेन्सनको लागि परिचयपत्र अनिवार्य गरेको थियो। अदालतको आदेशपछि, नागरिकता प्रमाणपत्रका सट्टा परिचयपत्र प्रयोगको नीति तत्कालका लागि स्थगित गरिएको छ।
सरकारले टिकटकमाथिको प्रतिबन्ध किन हटायो
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको र सामाजिक सञ्जाल सञ्चालन निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने बताए। २०८० असोज २७ गते तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सद्भाव भड्काएको भन्दै टिकटकमा प्रतिबन्ध लगाएको थियो।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पालना गर्दै टिकटक ले निम्न सर्तहरुको पालना गर्नुपर्ने बताइएको छ :
सरकारद्वारा जारी गरिएको निर्देशिकाका नियम सामाजिक सञ्जालहरूले पालन गर्नुपर्छ।
कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन्।
टिकटकले नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा साक्षरता, गुणस्तरीय सार्वजनिक शिक्षा, र सामाजिक सञ्जालमा संवेदनशीलता अपनाउन सहयोग गर्नुपर्ने।
टिकटकले सरकारद्वारा राखिएका सर्तहरू स्वीकार गरेपछि, नीतिगत रुपमा टिकटक खुला गरिएको छ।
अब सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामग्री प्रसार गर्न पाउने छैनन्।
सामाजिक सञ्जालहरूले समाजलाई असर गर्ने गतिविधि गर्न नपाउने प्रावधान निर्देशिकामा उल्लेखित छ।
कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ले पनि एमबिबिएस परिक्षा दिन पाउने
उच्च अदालत, पाटनले कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ भई फेल भएका विद्यार्थीलाई स्नातक तहको विभिन्न विधाका चिकित्सा शिक्षा पढ्नका लागि लिइने एकीकृत प्रवेश परीक्षामा सामेल गराउन  अन्तरिम आदेश दिएको छ।
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ भएकालाई सहभागी हुन नदिएपछि विद्यार्थीले उच्च अदालतमा रिट हालेका थिए।उनीहरूले रिटमा अंक पुनर्र्योगका लागि राष्ट्रिय परीक्षा बोर्डमा आवेदन दिएको र नतिजा आउनु अगावै आयोगले प्रवेश परीक्षाबाट वञ्चित गर्दा संविधानले सुनिश्चित गरेको शिक्षाको हक हनन भएको जिकिर गरेका थिए। न्यायाीधश हेमन्त रावलको इजलासले साउन २९ मा आयोगले कक्षा १२ को नतिजा अगाडि नै आवेदन दिन योग्य ठह¥याएर सूचना निकालेको र पुनर्र्योगका लागि गएका विद्यार्थीको नतिजा सुध्रिएर आएमा त्यस्ता विद्यार्थीलाई तत्कालै क्षति पुग्ने भन्दै उनीहरूलाई परीक्षामा सामेल हुनबाट नरोक्न अन्तरिम आदेश दिएको हो।
अब मोबाइलमै कम्पुटर चल्ने
सत्य निरुपणको काम सकिने
प्रधानमन्त्री ओलीले बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्ने विधेयकमा सच्याउनुपर्ने प्रावधानका विषयमा तीन ठूला दलका नेताहरूको सहमति स्वीकार गरेका छन् र विधेयक अघि बढाउन शीर्ष नेताहरूसँग छिटो परामर्श गर्ने भएका छन्।
कार्यदलले ओलीलाई जानकारी गराएपछि सहमति स्वीकार्दै प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका हुन्। प्रधानमन्त्रीले सहमतिप्रति खुसी व्यक्त गर्दै विधेयक अघि बढाउन शीर्ष नेताहरूसँग छिटो परामर्श गर्ने प्रतिवद्धता जनाएका छन्।
समितिले दुबै प्रतिवेदन अध्ययन गरेर विधेयक सदनमा पेस गर्नेछ। सदनले विधेयक पारित गर्दा ओली, देउवा र दाहालले पीडितहरूका नाममा सम्बोधन गर्नेछन्। बर्तौलाका अनुसार अब बस्ने पहिलो बैठकमै विधेयक पेस हुने गरी संसदीय समितिले काम अघि बढाउनेछ। विधेयकलाई पीडितमैत्री बनाउन तीनै दल सहमत भएकाले शान्ति प्रक्रियाको बाँकी कामले गति लिने कुरामा बर्तौलाको विश्वास छ।
तीन प्रमुख राजनीतिक दलका नेताहरूले मानवअधिकार उल्लंघनको परिभाषा, दोषीहरूलाई सजाय, मेलमिलाप वा अभियोजनका बारेमा कानूनी प्रावधानहरू र ‘अयोग्य लडाकु’ भनिने ‘बाल सेना’को मुद्दामा सहमति गरेका छन्। सहमतिको अनुसार, क्रूरता वा नियतसाथ गरिएको हत्या गम्भीर मानवअधिकार उल्लंघन मानिनेछ र दोषीहरूलाई हालको कानुनको २५% सजाय दिइनेछ। अन्य मानवअधिकार उल्लंघनका मामिलाहरूमा पीडितहरूको सहमतिमा मेलमिलाप गराइनेछ, तर पीडितहरू सहमत नभएमा उनीहरूलाई अदालत जान पाउने अधिकार हुनेछ। ‘बहिर्गमित लडाकु’को रूपमा चिनिएका ‘बाल सेना’का सदस्यहरूलाई राज्यबाट क्षतिपूर्ति दिने प्रावधान गरिनेछ।
प्रधानमन्त्री हसिनाले मुलुक नै छाडेपछि के होला
बंगलादेशी  प्रधानमन्त्री  हसिनाले  पदबाट राजीनामा दिएर भारत पसे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।
सबै राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकार बनाउने निर्णय गरिएको छ । राष्ट्रपतिसँग कुरा गरी स्थिति समाधान गर्ने प्रयास गरिने छ । हिंसा बन्द गर्न आह्वान गरिएको छ र मृत्युको न्याय सुनिश्चित गर्ने वाचा गरिएको छ । विद्यार्थीलाई आन्दोलन फिर्ता लिन अनुरोध गरिएको छ।
भारतीय टिभी च्यानलहरूको प्रसारण बन्द
सरकारले भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ। करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै प्रसारण रोकेका थिए।मन्त्रालयका अधिकारीका अनुसार, भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कका च्यानलको प्रसारण रोकिएको छ। पन्ध्र  चैत २०७९ देखि नै विदेशी मुद्रा सिफारिस हुन सकेको छैन।च्यानलहरूको प्रसारण रोकेर उनीहरुले सरकारलाई गलाउन खोजिरहेका छन् ।एक साउन २०८० देखि आलाकार्टा  प्रणाली लागू भएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए । सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब विदेशी मुद्रा सिफारिस हुन सकेको छैन ।
के छ त सात बुँदे सहमतिमा
संसदका दुई ठुला दल, नेपाली कांग्रेस र नेकपा (एमाले), बीचको सातबुँदे सहमति सार्वजनिक भएको छ। यो सहमति असार १७ गते भएको थियो र गोप्य राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मतको वक्तव्यमा यो सहमति जानकारी गराउनुभएको हो।
सहमति अनुसार, आलोपालो सरकार निर्माण, संविधान कार्यान्वयनमा भएका जटिलता सम्बोधन, र राष्ट्रिय हितको रक्षा गर्न आवश्यक कदमहरू उठाउने विषय समेटिएका छन्। भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन, र राष्ट्रको विकास निर्माणलाई तीव्रता दिने कुरामा पनि सहमति भएको छ।
सुरुको दुई वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन्, र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले २०८४ मङ्सिरमा हुने निर्वाचनसम्म नेतृत्व गर्ने सहमति छ। सहमतिमा राष्ट्रिय सहमतिको सरकारका लागि प्रमुख दलहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने र अन्य दललाई पनि समावेश गर्ने कुरा उल्लेख गरिएको छ।
अर्थतन्त्रको शिथिलतालाई अन्त्य गरी व्यावसायिक वातावरण तयार गर्ने र स्थानीय तहमा विकासका कामलाई तीव्रता दिने विषयलाई पनि प्राथमिकता दिइएको छ। यसरी, सहमति राजनीतिक स्थायित्व र विकासको लागि आधार तयार गर्नमा महत्त्वपूर्ण मानिएको छ।
घर बनाउँदा ‘सेप्टिक ट्यांक’ र ‘सोक पिट’ अनिवार्य
वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ। सर्वोच्च अदालतले उपत्यकाका स्थानीय तहहरूका नाममा परमादेश जारी गर्दै घर बनाउँदा ‘सेप्टिक ट्यांक’ र ‘सोक पिट’ अनिवार्य गरेको हो। ‘काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण नगरपालिकाले घर तथा व्यावसायिक भवनको नक्सा पास गर्दा ‘सेप्टिक ट्यांक’ र आकाशको पानी भूमिगत जलस्रोतमा मिसिने गरी अलग्गै ‘सोक पिट’ नबनाएसम्म नक्सा पास नगर्न’ निर्देशन दिएको छ। ‘घर निर्माण र तत्पश्चात् पनि बनेका संरचनाले मापदण्ड पालना गरेका छन् भन्ने विषयमा प्रभावकारी अनुगमन गर्ने/गराउने,’ पूर्णपाठमा भनिएको छ।