समाज – Online News Portal

शैक्षिक योग्यता नै नपुगेका व्यक्ति राजदूत सिफारिस
सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन्। व्यस्तताको कारण जनाउँदै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन संसदीय सुनुवाइ समितिमा दर्ता गराएका हुन्।

प्रस्तावित राजदूत भट्टराईको विषयमा निर्णय लिनका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार ३ बजे बोलाइएको छ। उक्त बैठकले प्रस्तावित राजदूतले नाम फिर्ता लिने निवेदन दिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिने सुनुवाइ समितिका सभापति इश्वरीदेवी न्यौपानेले बताइन्।

राष्ट्रिय परिचयपत्र अब मोबाइलमा
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अब नागरिकहरूले आफ्नो परिचयपत्रको विवरण मोबाइलबाटै हेर्न र स्क्रिनसट प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ। सिटिजन पोर्टलमा आफ्नो नाम, जन्ममिति, र नागरिकता जारी मिति टाइप गरेर नागरिकहरूले आफ्नो विवरण हेर्न सक्छन्। पोर्टल खोल्न नसक्नेहरूका लागि विभागले क्युआर कोड स्क्यान गरेर विवरण भर्ने सुविधा पनि उपलब्ध गराएको छ।

महानिर्देशक युवराज कट्टेलका अनुसार, नागरिकतामा उल्लिखित विवरण मात्र भर्नुपर्नेछ र यो प्रक्रिया सुरक्षित बनाइएको छ। फोटो खिचाएपछि तीन सातापछि अनलाइनबाटै सबै विवरण हेर्न सकिने प्रबन्ध मिलाइएको छ। हालसम्म, १ करोड ५३ लाख जनाले परिचयपत्र दर्ता गराएका छन्, जसमध्ये ९ लाखलाई परिचयपत्र प्रदान गरिएको छ।

सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। यसअघि सरकारले सामाजिक सुरक्षा भत्ता र पेन्सनको लागि परिचयपत्र अनिवार्य गरेको थियो। अदालतको आदेशपछि, नागरिकता प्रमाणपत्रका सट्टा परिचयपत्र प्रयोगको नीति तत्कालका लागि स्थगित गरिएको छ।

घर बनाउँदा ‘सेप्टिक ट्यांक’ र ‘सोक पिट’ अनिवार्य
वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ। सर्वोच्च अदालतले उपत्यकाका स्थानीय तहहरूका नाममा परमादेश जारी गर्दै घर बनाउँदा ‘सेप्टिक ट्यांक’ र ‘सोक पिट’ अनिवार्य गरेको हो। ‘काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण नगरपालिकाले घर तथा व्यावसायिक भवनको नक्सा पास गर्दा ‘सेप्टिक ट्यांक’ र आकाशको पानी भूमिगत जलस्रोतमा मिसिने गरी अलग्गै ‘सोक पिट’ नबनाएसम्म नक्सा पास नगर्न’ निर्देशन दिएको छ। ‘घर निर्माण र तत्पश्चात् पनि बनेका संरचनाले मापदण्ड पालना गरेका छन् भन्ने विषयमा प्रभावकारी अनुगमन गर्ने/गराउने,’ पूर्णपाठमा भनिएको छ।

एक महिनाभित्र शिक्षा ऐन ?
विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताएकी छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले यस्तो प्रतिबद्धता जनाएकी हुन्। उनले आफूले छलफल गरेर कार्ययोजना तय गरेर अघि बढ्ने बताइन्। विद्यालय शिक्षा ऐनसँग पनि म्याचिङ गरेर अघि बढाउने काममा पनि आफू लागिपर्ने बताइन्।

राष्ट्रिय परिचयपत्र किन
1. राष्ट्रियता र तत्  सम्बन्धित अधिकारहरूको प्रमाण: राष्ट्रिय परिचयपत्र व्यक्तिको राष्ट्रियता, नागरिकता, जन्मसम्बन्धी विवरण, र अन्य सम्बन्धित अधिकारहरूको प्रमाण प्रदान गर्छ। यसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचानका काममा मद्दत पुर्याउँछ।

2. बैंक खाता खोल्न, पासपोर्ट लिन, र अन्य पहिचानका काममा: राष्ट्रिय परिचयपत्र विविध अवस्थामा आवश्यक हुन्छ, जसले व्यक्तिलाई निजी र सार्वजनिक सेवाहरू प्राप्त गर्न मद्दत पुर्याउँछ।

3. राजनीतिक पहिचान: राजनीतिक कार्यक्रम, चुनाव, र सरकारी प्रक्रियाहरूमा पहुच स्थापित गर्न प्रयोग हुन्छ।

4. नियोक्ताहरूको जानकारी: नौकरी आवेदन, प्रवेश परीक्षा, र अन्य सम्बन्धित प्रक्रियाहरूमा पहुँच सहज हुन्छ ।

5. शिक्षा र अनुसन्धान: विश्वविद्यालयहरू, अनुसन्धान संस्थाहरू, र अन्य शैक्षिक संस्थाहरूमा राष्ट्रिय परिचयपत्रको अपेक्षा गरिन्छ।

यसरी, राष्ट्रिय परिचयपत्र एक महत्वपूर्ण दस्तावेज हो जसले व्यक्तिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउँछ र विभिन्न सम्बन्धित काममा सहयोग पुर्याउँछ।

राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगन
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार तत्कालका लागि स्थगन गरेको  हो। बैठकका निर्णयमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।

दुई बस त्रिशुली नदीमा खसेर वेपत्ता
अविरल वर्षाका कारण पहिरोमा परेको दुई बस त्रिशुली नदीमा खसेर   वेपत्ता भएका छन्। सशस्त्र प्रहरीका अनुसार, बिहान ३ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरो झरी भएको गाडी र काठमाडौँबाट आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन्। बीरगन्जबाट आएको गाडीमा २०–२१ जना र गणपति डिलक्समा करिब ४०–४२ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ। साथै, सशस्त्र प्रहरी बल नेपाल नं. १७, ३५ जना, बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन्। मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी पनि सशस्त्र प्रहरीले प्रकाशित गरेको छ।

भयावह बन्दै सडक यात्रा
गत चैत ५ गते साँझ बागलुङदेखि काठमाडौँ आउँदैगरेको बस निसिखोलामा दुर्घटना हुँदा नौ जनाको ज्यान गयो । २६ जना घाइते भए । फागुन २३ गते धादिङको गजुरी–२ चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठ जनाको मृत्युभयो । आठ जना घाइते भए । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो साढे पाँच वर्षमा १५ हजारको ज्यान गएको छ ।

प्रहरीको तथ्याङ्कले नेपालमा सडक यात्राको सुरक्षामा प्रश्नचिन्ह खडा गरेको छ । बर्सेनि दुई हजार बढीले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । प्रहरीको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म एक हजार ५४७ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ । यो अवधिमा २४ हजार ६६८ सवारी दुर्घटनामा परेका छन् । गत आर्थिक वर्ष २०७९–८० मा सवारी दुर्घटनामा परी दुई हजार ३६८ जनाको मृत्यु भएको तथ्याङ्क छ । सो अवधिमा ३७ हजार ३९२ सवारी दुर्घटनामा परेका थिए ।

आर्थिक वर्ष २०७५–७६ मा सवारी दुर्घटनामा परी दुई हजार ७८९ को मृत्यु भएको थियो । सो अवधिमा १३ हजार ३६६ सवारी दुर्घटनामा परेका थिए ।

आर्थिक वर्ष  २०७७–७८ मा सवारी  दुर्घटनामा परी दुई हजार ५०० को मृत्यु भएको थियो । सो अवधिमा २० हजार ६४० सवारी दुर्घटनामा परेका थिए ।

अन्ततः पक्राउ परे महरा
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको कार्यालय लगिएको छ। सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महरालाई आज नै म्याद थपको लागि सरकारी वकिल कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत बबरमहल लगिने छ । सीआईबीको स्कारपिओमा राखेर विमानस्थलबाट सीआईबी कार्यालय लगिएको हो ।

सुन तस्करी काण्डमा सरकार निर्मम
सरकारले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचुबझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सो सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

आयोगले बिहीबार मात्रै सो प्रकरणमा जाँचबुझ गरी गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। गृहमन्त्री लामिछानले शुक्रबार विहानै सो प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाएका थिए।