विचार – Online News Portal
विधि मिच्दै प्रशिक्षार्थी नियुक्त गर्दै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी परिचालन गर्न नयाँ कार्यविधि ल्याएको छ । सो कार्यविधि अनुसार  उच्चशिक्षा अध्ययनरत वा अध्ययन गरिसकेका जोकोहीलाई प्रशिक्षार्थीका रूपमा कामकाजमा लगाउन सकिने छ ।
शिक्षामन्त्री श्रेष्ठबाट जारी भएको ‘शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधि–२०८०’ कुन ऐनअनुसार बनेको हो भन्ने खुलाइएको छैन । लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर विधिसम्मत नियुक्ति पाएका कर्मचारीलाई परिचालन गरेर कार्यसम्पादन नगरी  समानान्तर संयन्त्र बनाउने गृहकार्यमा मन्त्रालय लागेको हो । यसरी प्रशिक्षार्थी नियुक्त गर्दा  विधि मिचिने र  सूचना सुरक्षाको चुनौती पनि थपिने जोखिम छ ।
कर्मचारी अभाव भए लोक सेवाबाट परिपूर्ति  गर्ने ,कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि गर्न  अभिमुखीकरण तालिम दिने , जानाजान गल्ती गरे  कानुनी रूपमा दण्डित गर्ने गरी समस्या समाधान गर्नु पर्छ ।यसो नगरे समस्या अझ  चुनौतीमुक्त हुन सक्दैन ।
पैगम्बरको आगमनले नारीलाई दियो उच्च स्थान ।
समीर अली बेहना,
बाँके, २२ असोज ।
मानव इतिहासलाई पल्टाएर हेर्ने हो भने विभिन्न शासकहरुले विभिन्न कालखण्डमा मानव जाती माथी गरेको दमन हिंसा अपराधका गणना गर्न नसक्ने घटनाहरु देखा पर्छन् । शासकहरु मात्र नभएर हरेक समाजको आ-आफ्नै मुल्यमान्यता,सभ्यता , संस्कृति भएकोले प्रथा कुप्रथाहरु पनि गणना गर्न नसक्ने जति भेटिन्छन् । पैगम्बर मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको आगमन हुनुभन्दा अगाडि मानव इतिहास कस्तो थियो भनेर यसो बख्यान गर्दा , तपाईंलाई स्मरण हुन जान्छ कि, खाडी मुल्क अर्थात् साउदी अरेबिया(तत्कालीन हिजाज) , सिरिया(तत्कालीन शाम) दुबई, ईरान, अफगानिस्तान लगायतको देशमा नारीहरुलाई यति सम्मको हिंसा गरिन्थ्यो कि जन्म लिने बित्तिकै घाँटी थिचेर मार्ने चलन थियो । अरबी मान्यता थियो कि छोरी जन्मेपछि ससुरा भइन्छ र ससुरा बन्नु भनेको लज्जित काम हो । केही हदसम्म दाइजो प्रथाले पनि छोरी जन्माउनबाट अरबीहरुलाई रोक्ने गर्थ्यो । जाँडरक्सी ,मदिरा सेवनलाई सामान्य कामको रूपमा लिइन्थ्यो । बिहान साँझ मदिरा सेवन गर्ने त्यो समाजको अवस्था कस्तो होला भनेर कल्पना गर्न पनि सकिंदैन । अनैतिक सम्बन्ध राख्नु भनेको त्यति बेला महान कामको रूपमा देखिन्थ्यो । जसले जति धेरै अनैतिक सम्बन्ध कायम गर्थ्यो ऊ त्यति नै माहन ब्यक्तिको रूपमा समाजमा चिनिन्थ्यो । युरोपेली राष्ट्रहरुमा खाना खानु अघि हात धुनुपर्छ भन्ने समेत जानकारी थिए । सरसफाइको अवस्था यस्तो थियो कि अमेरिका, फ्रान्स बर्तानिया जस्ता सहरहरु फ़ोहोरको थलो बनेका थियो । जुन स्वस्थको लागि हानिकारक थियो । पश्चिमा राष्ट्रहरुको शैक्षिक अवस्था यस्तो थियो कि चिट्ठी लेखेर अरेबिक विश्वविद्यालयलाई आफ्नो बच्चाहरुलाई पढाई दिन निवेदन गर्थे । हत्या , हिंसा चोरी डकैती बलात्कार जस्तो घटना गणना गर्न सकिन्थेन । एसिया महाद्वीपको अवस्था त झन दु:खद र चिन्ताजनक थियो । यहाँ नारीहरुको अवस्था यस्तो थियो कि सती प्रथा विधुवा प्रथा जस्ता हिंसात्मक अपराधहरुले डेरा जमाएका थिए । नारीले आर्को विवाह गर्न पाउने अधिकार थिएन । श्रीमानको मृत्यु भयो भने श्रीमतीलाई पनि श्रीमान कै चिहानमा जल्नु पर्थ्यो । कहिँ कहिँ यस्तो अवस्था थियो कि विधुवा भएकि नारीलाई मन्हुसियतको रूपमा देखिन्थ्यो । श्रीमानको मृत्युपछी , एकान्त कोठरीमा हाल्ने गरिन्थ्यो । महिनौं सम्म कोठरीमा हालेर मृत्यु भएन भने कालोमोसो दलेर पाजी(गधा) माथी बसाई बजार परिक्रमा गराउँदै बेजत गरिन्थ्यो । सानो ठुलो वर्ग र जातजातिमा विभाजित मानव जाती मानवबाटै प्रताडित थिए । यस्तो हिंसा र अपराधले भरिएको त्यो समय कालकालखण्डमा पैगम्बर मोहम्मद सल्लल्लह हु अलैही वसल्लमको जन्म भयो । साउदी अरबको मक्का सहरमा जन्म भएको पैगम्बर मोहम्मद सल्लल्लाह हु अलैही वसल्लम सानै उमेर देखी सहयोगी र ईमानदार भएकोले मक्कामा मात्र नभएर छिमेकी नगरहरुमा समेत लोकप्रीय थिए । पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको जन्म ईश वि ५७० मा अरबको मक्का शहरको एउटा कुरैश कुलमा भएको हो । उहाँ अल्लाहको (इश्वर ) दूत भएर यो संसारमा अवतरित हुनु भयो । मानव इतिहास मै सबैभन्दा बढी समाजको लागि काम गर्ने र मानव जातिको उच्च स्थान के हो भनेर बोध गराउने महापुरुषको रूपमा पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमलाई चिनेनिने गरिन्छ । उहाँ सानै देखी सबै भन्दा फरक स्वाभवको हुनुहुन्थ्यो । आम बालबालिकाले खेलकुदमा ध्यान दिन्छन् , मनोरञ्जन गर्न रुचाउँछन् भने पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले समाजको हकअधिकार बारे आवाज उठाउने र तिनीहरुको सेवा सुविधाको बारेमा निति नियम बनाउने तरफ केन्द्रित रहनु हुन्थ्यो । उहाँको यस्तो स्वभाव र बिचार देखेर मक्कावासीहरु निकै हर्षित तथा प्रसन्नता ग्रहण गर्थे । उहाँको कामको चौतर्फी प्रसंशा समेत हुने गर्थ्यो । मक्का शहरमा बासोबास गर्ने नागरिकले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको काम र उहाँको आगमनबाट समाजमा परेको प्रभाव र फाइदाको निकै चर्चा गर्ने गर्थे । बाल्यकालमा चौतर्फी प्रसंशा भइरहेको पैगम्बरको युवा अवस्था पनि समाज कै लागि समर्पित भयो । चालीस वर्षको उमेरमा हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले आफू अल्लाहको अन्तिम पैगम्बर र अल्लाह (ईश्वर) एक रहेको भनी घोषणा गर्दा सोहि मक्का वासीहरुले आलोचना गर्ने काम सुरु गरेका हुन् । जुन मक्का शहरका नागरिकले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको प्रत्येक कामको प्रशन्सा गर्दथे । सोही मक्कावासीहरुले अब आलोचना गर्ने काम सुरु गरे । तैपनि पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले सत्यताको बाटो त्याग नगरी समाजको हकहितमा निरन्तर काम गर्दै जानुभयो । दीने ईस्लाम अन्तिम र सर्वश्रेष्ठ दीन रहेको प्रचार प्रसार गर्दै जाँदा केहि नागरिकहरु बिस्तारै दीने ईस्लाम स्वीकार गर्न सुरु गरे । दीने ईस्लाम स्वीकार गर्ने सबैभन्दा पहिलो पुरुष हजरत अबुबक्र सिद्दीक रजिअल्लाह हु तआला अन्हुं , महिलामा हजरते खतिजा रजिअल्लाह हु तआला अन्हुं हुन् भने बाल्यकालमा ईस्लाम स्वीकार गर्ने हजरते अली करम अल्लाह हु वजहुल करीम हुनुहुन्छ भनी विभिन्न पुस्तकहरुमा लेखिएको छ । यसरी दीने ईस्लामको बिस्तार हुँदै जाँदा शहरको नागरिक तथा केहि अगुवाहरुले आफुले प्रथना गर्दै आएको ईश्वरको विपरीत धर्म रहेको भनी विरोध जताएका हुन् । उनीहरुले आफ्नो आस्था र श्रद्धा माथी चोट पुगेको भनी पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लम माथी आरोप खेप्दै पैगम्बर हजरत मोहम्मद सल्ललाह हु अलैही वसल्लमको हत्या गर्ने निर्णय गर्न पुगे । तर अल्लाहको आदेश पश्चात् पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले मक्का शहर त्याग ( हिजरत ) गरेर मदिना शहर तिर प्रस्थान गर्नु भयो । मदिना सहरमा पनि त्यस्तै अपराधीक अवस्था थियो । वर्षौं देखी पछाडि पारिएका नारीहरुको रक्षाका लागि पैगम्बरले भन्नुभयो, चेलीछोरी आफ्नो आमाबुवाको लागि स्वर्गको मार्ग हुन् अर्थात् चेलीछोरीको राम्रो पालनपोषण गर्ने मानव स्वर्ग पाउनेछ , श्रीमती आफ्नो श्रीमानको लागि स्वर्गको मार्ग हो अर्थात् आफ्नो श्रीमतीलाई सम्मान सहित सम्बन्धमा राखेर जीवन बिताउने पनि स्वर्ग जान्छ । त्यस्तै पैगम्बरले आफ्नै छोराछोरीबाट पीडित बुढापाखा आमाबुबाको दुख पिडालाई जडैबाट फाल्न आमाको पैतला मुनि स्वर्ग छ र बुबा स्वर्गको द्वार हुन् भनेर संदेश दिनुभयो । अब यदि भौतिक जीवन बाहेक कसैले जीवन रहेको स्वीकार छ भने ऊ नारी जाती माथी दमन अत्याचार गर्दैन । र भयो पनि यहि पैगम्बरको संदेश पछि जुन जमातले चेलीछोरीलाई जन्मसाथ घाँटी थिचेर मार्थे अब उनीहरुले उच्चस्तरीय पालनपोषण गर्न थाले, नारीलाई हिंसात्मक दृष्टिले हेर्ने जमात अब बाटो हिड्दा आफ्नो दृष्टि झुकाएर हिड्न थाले । आमाबाबुको सम्मान यहाँसम्म पुग्यो कि मानवले आमाबाबुसँग ठुलो स्वरमा बोल्न समेत आँट गर्थेनन् ।
आधुनिक युग विज्ञान र प्रविधिको युग हो। विज्ञानले ध्वनि बारे जुटाएको जानकारीको आधारमा फाइदा र बेफाइदा बख्यान गर्छ । त्यसैमा विज्ञानले ध्वनि प्रदुषण बारे पनि जिकिर गर्दछ । तर पैगम्बरले १४ सय वर्ष अगाडि मक्का सहरबाट बाहीर जाने क्रममा बाजा गाजा बजाइ रहेको भीड देखेर आफ्नो कान छोप्नु भयो । पैगम्बरको अनुयायी हजरत ए अब्दुल्लाह बिन उमरले भन्नू हुन्छ , पैगम्बर मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले बाजा गाजाको क्षेत्रभन्दा धेरै टाढा पुगेर आफ्नो कानबाट औंला हटाउनु भयो । हजरत ए अब्दुल्लाहले सो बारे प्रश्न गर्दा पैगम्बरले ढोल बाजा (म्यूजिक) हराम छ भन्नू भयो अर्थात् प्रतिबन्ध छ । यसबाट स्पष्ट हुन्छ कि ध्वनि प्रदुषण रोक्न पैगम्बरको सिद्धान्तले महत्त्वपूर्ण भुमिका खेल्न सक्छ ।
यस्ता विभिन्न प्रभावकारी सिद्धान्त र संदेशहरु छन् जुन मानव जातिलाई समाजमा सरल र सुख्मय जीवन यापन गर्ने प्रेणा दिन्छन् । यसरी समाजको लागी गरेको योगदान र संघर्षलाई देखेर मदिनावासी लगायत सम्पुर्ण मुस्लिम जगतले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको जन्म उत्सव मनाउने गरेको छ ।
(यो लेख आलेख लेखकले किताबबाट जुटाएका संदेशमुलक व्यक्तिगत विचार हुन् ।)
नयाँ पुस्तामा पाठन शैली विकास जरुरी`अथक´ ।
बाँके,१५ भदौ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताउनुभएको छ । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताउनुभएको हो ।
पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृती हराउँदै गईरहेको प्रति दुःख ब्यक्त गर्दै मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यन केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो । “पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढि सामाजिक संजालमा रमाउन थालेका छन” मन्त्री अथकले भन्नुभयो, “आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।”
पुस्तकालयलाई जिवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुभ्mन जरुरी रहेको उहाँले बताउनुभयो ।
ज्ञानोदय सामुदायीक पुस्तकालयलाई थप ब्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री अथकले थप भौतिक संरचना निर्माणकालागि स्रोत ब्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले कोहलपुरमा पुस्तकालय स्थापनाकालागि विगतमा भएका प्रयासहरुको समेत प्रशंसा गर्नुभएको थियो ।
पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ३ जना विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरीएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कबिता प्रतियोगिताका बिजयीहरुलाई समेत पुरस्कृत गरीएको छ ।
वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या न्यून `घिमिरे´
बाँके, ०७ भदौ ।
नेपालगञ्ज । जिल्ला वन कार्यालय (डिएफओ) बाँकेका सहायक वन अधिकृत ज्योति घिमिरेले वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या निकै नै कम भएको हुनाले प्रत्येक अभिभावकहरुले छोरीहरुलाई वन विज्ञानको विषय पढाउनकालागी सुझाव दिएकी छन् । मंगलबार नेपालगञ्जमा सञ्चारिका समूह बाँकेद्धारा आयोजित वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया तथा दर कार्यक्रममा अधिकृत घिमिरेले यस्तो सुझाव दिएकी हुन् । उनले महिलाहरुलाई कही कतै प्रमुख पद दिएईएता पनि निर्णायक भूमिका पुरुषहरुको नै रहने उल्लेख गरिन् ।
प्रमुख अथितिको रुपमा रहेकी सहायक वन अधिकृत घिमिरेले आफुु बाँकेमा आएको ४ वर्ष भएको जानकारी गराउँदै यो अवधीमा कुनैपनि महिला पत्रकारहरुसंग आफ्नो परिचय सम्म नभएको भन्दै गुनासो व्यक्त गरिन्,‘म सहायक वन अधिकृत भएर बाँकेमा आएको ४ वर्ष भई सक्यो तर यो अवधीमा मेरो भेट कुनैपनि महिला पत्रकारसंग हुन सकेन जुन निकै नै दुःख लाग्दो कुरा हो । यो कार्यक्रममा आएपछि मात्रै थाहा भयो यत्ति धेरै महिला पत्रकारहरु हुुनु हुँदो रहेछ ।’ उनले भनिन् । उनले यसै प्रसंगमा वन कार्यालयले गर्ने गतिबीधिहरुमा महिला पत्रकारहरुको सक्रियता र सहकार्य बढाउन महिला पत्रकारलाई आग्रह पनि गरिन् ।
सहायक वन अधिकृत घिमिरेले बाँकेमा वन कार्यालयले वन तथा वातावरण संरक्षणका विषयमा राम्रो काम गरेको बताउँदै १ लाख ११ हेक्टर वनको क्षेत्रफल रहेको बाँकेमा सबैभन्दा धेरै वनको भू–भाग प्रतिशतका हिसाबले बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेको र जीरो प्रतिशत वनको भू–भाग जानकी गाउँपालिकामा रहेको जानकारी दिईन् । साथै उनले जिल्ला वन कार्यालय बाँकेले निशुुल्क रुपमा बोटविरुवा उपलब्ध गराईरहेको बताउँदै उब्जनी हुन नसक्ने जमिनमा वृक्षरोपणकालागी विरुवा लगेर रोप्न पनि आग्रह गरिन् । कुनैपनि क्षेत्रमा महिलाहरु आर्थिक रुपमा सबल सक्षम हुनु पर्नेमा जोड दिंदै सहायक वन अधिकृत घिमिरेले वन तथा वातावरण संरक्षणकालागी सञ्चार माध्यम र सञ्चारकर्मीहरुको भूमिका पनि अत्यन्तै महत्वपुर्ण भएको बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले वन तथा वातावरणका विषयमा समाचार लेखनकालागी वन कार्यालयले महिला पत्रकारहरुलाई पनि समेटेर लैजान आग्रह गरेकी थिईन् । त्यसैगरी कार्यक्रममा सहभागी प्रेस चौतारी नेपाल बाँकेका उपाध्यक्ष रेजिना मल्लले जिल्ला वन कार्यालयसंग महिला पत्रकारहरुको परिचय र आगामी दिनहरुमा समन्वय गरेर काम गर्न सञ्चारिकाले सहयोगी भूमिका खेलेको भन्दै आयोजकलाई धन्यबाद दिंदै वन, वातावरण र वन्य जन्तुका विषयमा कलम चलाउन महिला पत्रकारहरुलाई आग्रह गरेकी थिईन् ।
त्यसैगरी कार्यक्रममा नेपाल प्रेस युनियनका बाँके शाखा अध्यक्ष अर्जुुन वलीले वन तथा वातावरणका विषयमा राम्रो समाचार लेखे बापत डब्ल्यू डब्ल्यू एफले सम्मान गर्ने कुुराको जानकारी गराउँदै महिला पत्रकारहरुलाई यस विषयमा सक्रियताका साथ कलम चलाउन सुझाव दिएका थिए । बाँके सञ्चारिका अध्यक्ष रुपनी जि.एमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित अथितिहरुले सञ्चारिकाद्धारा आयोजित ‘वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया तथा दर कार्यक्रम’ केवल दर खानकालागी मात्र नभई वनका विषयमा महिला पत्रकारहरुलाई अझैं सक्रिय भएर समाचार संकलन गर्न ऊर्जा प्रदान गर्ने बताएका थिए । साथै उनीहरुले महिला पत्रकारहरुलाई तीजको शुभ–कामना पनि दिएका थिए ।
संघीयतामा रविको फरक धारणा
सभापति रवि लामिछानेले आफ्नो पार्टी संघियताको  खारेजीको पक्षमा नरहेको जनाएका छन् । बिहीबार उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधार गर्नु पर्ने  बताए ।‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’
टोल टोलमा प्रचण्डको सालिक बनाएर पुजा गर्ने दिन आउँछ `पुन´।
बाँके, ३१ साउन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन्।
१९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा मंगलबार आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा प्रचण्डको सालिकमा पूजा गर्ने दिन आउने दाबी गरे।
प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए।
०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल हाल संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए।
महिलाको नाममा धनी पुर्जाको नीतिले छोरीहरू सम्पत्तिको मालिक भएको, अंश र वंशमा छोरीको अधिकार स्थापित भएको, आमाको नामबाट पनि नागरिकता पाउने अवस्था निर्माण भएको तथा हरेक स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक अनिवार्य महिला हुनैपर्ने जस्ता उपलब्धि माओवादीकै कारण आएको उनले चर्चा गरे। माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको उनले भन्दै आपत्ति जनाए।
‘मधेसी जनता, महिला, जनजाति, दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो,’ उनले भने, ‘अहिले प्रचण्डको धेरै गाली गरेको सुनिन्छ। तर, समाज रूपान्तरण र जागरणका लागि खेलेको भूमिकाका कारण कुनै दिन चोकचोकमा प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ।’
पुनले माओवादी आन्दोलनका उपलब्धी स्वरूप विभिन्न पदमा पुगेका मानिसहरूले नै माओवादीले आतंक मच्चाएको आरोप लगाउन नसुहाउने उनले बताए।
पुनले दोरम्बा घटना मानवताविरूद्धको अपराध भएकाले संक्रमणकालीन कानून बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने उल्लेख गरे। सरकार-माओवादी शान्तिवार्ता भइरहेका बेला आफ्ना निहत्था कार्यकर्ताको सामूहिक हत्या भएको भन्दै उनले दोषीमाथि कारबाही र परिवारको सम्मान हुनुपर्नेमा जोड दिए।