राजनीति – Online News Portal
शैक्षिक योग्यता नै नपुगेका व्यक्ति राजदूत सिफारिस
सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन्। व्यस्तताको कारण जनाउँदै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन संसदीय सुनुवाइ समितिमा दर्ता गराएका हुन्।
प्रस्तावित राजदूत भट्टराईको विषयमा निर्णय लिनका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार ३ बजे बोलाइएको छ। उक्त बैठकले प्रस्तावित राजदूतले नाम फिर्ता लिने निवेदन दिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिने सुनुवाइ समितिका सभापति इश्वरीदेवी न्यौपानेले बताइन्।
सरकारले टिकटकमाथिको प्रतिबन्ध किन हटायो
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको र सामाजिक सञ्जाल सञ्चालन निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने बताए। २०८० असोज २७ गते तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सद्भाव भड्काएको भन्दै टिकटकमा प्रतिबन्ध लगाएको थियो।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पालना गर्दै टिकटक ले निम्न सर्तहरुको पालना गर्नुपर्ने बताइएको छ :
सरकारद्वारा जारी गरिएको निर्देशिकाका नियम सामाजिक सञ्जालहरूले पालन गर्नुपर्छ।
कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन्।
टिकटकले नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा साक्षरता, गुणस्तरीय सार्वजनिक शिक्षा, र सामाजिक सञ्जालमा संवेदनशीलता अपनाउन सहयोग गर्नुपर्ने।
टिकटकले सरकारद्वारा राखिएका सर्तहरू स्वीकार गरेपछि, नीतिगत रुपमा टिकटक खुला गरिएको छ।
अब सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामग्री प्रसार गर्न पाउने छैनन्।
सामाजिक सञ्जालहरूले समाजलाई असर गर्ने गतिविधि गर्न नपाउने प्रावधान निर्देशिकामा उल्लेखित छ।
सत्य निरुपणको काम सकिने
प्रधानमन्त्री ओलीले बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्ने विधेयकमा सच्याउनुपर्ने प्रावधानका विषयमा तीन ठूला दलका नेताहरूको सहमति स्वीकार गरेका छन् र विधेयक अघि बढाउन शीर्ष नेताहरूसँग छिटो परामर्श गर्ने भएका छन्।
कार्यदलले ओलीलाई जानकारी गराएपछि सहमति स्वीकार्दै प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका हुन्। प्रधानमन्त्रीले सहमतिप्रति खुसी व्यक्त गर्दै विधेयक अघि बढाउन शीर्ष नेताहरूसँग छिटो परामर्श गर्ने प्रतिवद्धता जनाएका छन्।
समितिले दुबै प्रतिवेदन अध्ययन गरेर विधेयक सदनमा पेस गर्नेछ। सदनले विधेयक पारित गर्दा ओली, देउवा र दाहालले पीडितहरूका नाममा सम्बोधन गर्नेछन्। बर्तौलाका अनुसार अब बस्ने पहिलो बैठकमै विधेयक पेस हुने गरी संसदीय समितिले काम अघि बढाउनेछ। विधेयकलाई पीडितमैत्री बनाउन तीनै दल सहमत भएकाले शान्ति प्रक्रियाको बाँकी कामले गति लिने कुरामा बर्तौलाको विश्वास छ।
तीन प्रमुख राजनीतिक दलका नेताहरूले मानवअधिकार उल्लंघनको परिभाषा, दोषीहरूलाई सजाय, मेलमिलाप वा अभियोजनका बारेमा कानूनी प्रावधानहरू र ‘अयोग्य लडाकु’ भनिने ‘बाल सेना’को मुद्दामा सहमति गरेका छन्। सहमतिको अनुसार, क्रूरता वा नियतसाथ गरिएको हत्या गम्भीर मानवअधिकार उल्लंघन मानिनेछ र दोषीहरूलाई हालको कानुनको २५% सजाय दिइनेछ। अन्य मानवअधिकार उल्लंघनका मामिलाहरूमा पीडितहरूको सहमतिमा मेलमिलाप गराइनेछ, तर पीडितहरू सहमत नभएमा उनीहरूलाई अदालत जान पाउने अधिकार हुनेछ। ‘बहिर्गमित लडाकु’को रूपमा चिनिएका ‘बाल सेना’का सदस्यहरूलाई राज्यबाट क्षतिपूर्ति दिने प्रावधान गरिनेछ।
के छ त सात बुँदे सहमतिमा
संसदका दुई ठुला दल, नेपाली कांग्रेस र नेकपा (एमाले), बीचको सातबुँदे सहमति सार्वजनिक भएको छ। यो सहमति असार १७ गते भएको थियो र गोप्य राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मतको वक्तव्यमा यो सहमति जानकारी गराउनुभएको हो।
सहमति अनुसार, आलोपालो सरकार निर्माण, संविधान कार्यान्वयनमा भएका जटिलता सम्बोधन, र राष्ट्रिय हितको रक्षा गर्न आवश्यक कदमहरू उठाउने विषय समेटिएका छन्। भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन, र राष्ट्रको विकास निर्माणलाई तीव्रता दिने कुरामा पनि सहमति भएको छ।
सुरुको दुई वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन्, र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले २०८४ मङ्सिरमा हुने निर्वाचनसम्म नेतृत्व गर्ने सहमति छ। सहमतिमा राष्ट्रिय सहमतिको सरकारका लागि प्रमुख दलहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने र अन्य दललाई पनि समावेश गर्ने कुरा उल्लेख गरिएको छ।
अर्थतन्त्रको शिथिलतालाई अन्त्य गरी व्यावसायिक वातावरण तयार गर्ने र स्थानीय तहमा विकासका कामलाई तीव्रता दिने विषयलाई पनि प्राथमिकता दिइएको छ। यसरी, सहमति राजनीतिक स्थायित्व र विकासको लागि आधार तयार गर्नमा महत्त्वपूर्ण मानिएको छ।
राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगन
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार तत्कालका लागि स्थगन गरेको  हो। बैठकका निर्णयमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक
सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
नीति तथा कार्यक्रममा संविधानको मर्म र भावना विपरीत राज्य सञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यसको मुख्य उद्देश्यहरूमा निम्नलिखित छन्:
आर्थिक शिथिलता अन्त्य गर्ने: वित्तीय संस्थालाई विसङ्गती मुक्त बनाउने।
सार्वजनिक संरचना सुधार गर्ने: छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने।
काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने: नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ।
भौतिक पूर्वाधार विकास र अन्तर निकाय समन्वयलाई प्रभावकारी तुल्याउने:ऊर्जा विकास एवं सूचना र संचार नीतिगत व्यवस्था गर्ने ।
अन्ततः पक्राउ परे महरा
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको कार्यालय लगिएको छ। सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महरालाई आज नै म्याद थपको लागि सरकारी वकिल कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत बबरमहल लगिने छ । सीआईबीको स्कारपिओमा राखेर विमानस्थलबाट सीआईबी कार्यालय लगिएको हो ।
मुनि भन्छन – नाकाबन्दी लगाउनु गलत
भारतले नेपालमा संविधान जारी गर्ने क्रममा लगाएको नाकाबन्दीका तीन कारण औंल्याएका छन्।
भारतीय प्रोफेसर मुनिका अनुसार पहिलो  कारण मधेशको असन्तुष्टिलाई  बताएका छन्। दोस्रो कारण  संविधानमा धर्म निरपेक्षता राख्नु थियो। तेस्रो कारण  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा मधेश घुम्न र त्यहाँको जनतासँग अन्तरक्रिया गर्न चाहन्थे तर सो अवसर दिनबाट  नेपाल पन्छिएपछि नाकाबन्दी लगाइएको हो।’
भरतपुर महानगर सबैभन्दा अब्बल
भरतपुर महानगरपालिका मूल्याङ्कनमा उत्कृष्ट पालिका भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका अन्य महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो। २०७९/८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो। आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले विभिन्न १७ वटा सूचकमा उल्लिखित अङ्क भारको आधारमा मूल्याङ्कन गर्ने गर्दछ।
नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा टिकट
नेपाली कांग्रेसले कोशी प्रदेशबाट नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। संसदीय बोर्डको बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो जसका लागि  सानेपा कार्यालयमा  आइतबार बसेको थियो। नेता सिटौला राष्ट्रिय सभाको टिकट पाएपछि कोशी प्रदेशको राजधानी विराटनगरमा गएका छन्। कांग्रेसले पाएका १० सिट मध्ये ९ सिटमा सहमति हुन् बाँकि छ ।