मनोरञ्जन – Online News Portal
सरकारले टिकटकमाथिको प्रतिबन्ध किन हटायो
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको र सामाजिक सञ्जाल सञ्चालन निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने बताए। २०८० असोज २७ गते तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सद्भाव भड्काएको भन्दै टिकटकमा प्रतिबन्ध लगाएको थियो।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पालना गर्दै टिकटक ले निम्न सर्तहरुको पालना गर्नुपर्ने बताइएको छ :
सरकारद्वारा जारी गरिएको निर्देशिकाका नियम सामाजिक सञ्जालहरूले पालन गर्नुपर्छ।
कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन्।
टिकटकले नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा साक्षरता, गुणस्तरीय सार्वजनिक शिक्षा, र सामाजिक सञ्जालमा संवेदनशीलता अपनाउन सहयोग गर्नुपर्ने।
टिकटकले सरकारद्वारा राखिएका सर्तहरू स्वीकार गरेपछि, नीतिगत रुपमा टिकटक खुला गरिएको छ।
अब सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामग्री प्रसार गर्न पाउने छैनन्।
सामाजिक सञ्जालहरूले समाजलाई असर गर्ने गतिविधि गर्न नपाउने प्रावधान निर्देशिकामा उल्लेखित छ।
नेपाली कलाकार आयुष र रमेश भारतमा सम्मानित ।
बाँके, १२ पुष ।
नेपाली कलाकार आयुष खान भारतमा मडल अफ द इयरको उपाधिबाट सम्मानित भएका छन् । गोल्डन फ्रेन्ड इवेंट कम्पनीद्वारा वृन्दावनको एउटा होटलमा आयोजना गरिएको सम्मान कार्यक्रममा भारतको ख्याति प्राप्त डाइरेक्टर अब्बास मस्तानी द्वारा आयुष खानलाई सम्मान गरिएको हो । त्यस्तै बेस्ट स्कृप्ट राइटरको उपाधी पनि नेपाल कै रमेश परियारलाई दिइएको छ । उक्त कार्यक्रमको उद्घाटन उत्तर प्रदेशका मुख्यमन्त्री बृजेश पाठक्ले गरेका हुन् ।
सम्मान कार्यक्रममा क्याबिनेट मन्त्री देखि केन्द्री मन्त्री समेतले सहभागिता जनाए । भारतको चर्चित गीतकार मनोज मुंतसिर ,गीतकार रवी त्रिपाठी , अभिनेता शरद मल्होत्रा लगायतले कलाकारहरुलाई सम्मानित गरेका हुन्। नेपाली कलाकार आयुष खानका साथै भारतीय लोकल कलाकार रुबिना अख्तर, नंदीस सन्धु, हिमांसु गाँधी , मोनिका चौधरीलाई सम्मानित गरिएको थियो ।
आइतबार भएको सम्मान कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री बृजेशले कलाकारहरुको प्रसंशा गर्दै सफलताको कामना गरे । उनले भने फिल्म इन्डस्टृजमा युवा कलाकारहरुले गरेको काम प्रसंशानिय छ । हामीले यस्ता कार्यक्रमहरु गरेर युवाहरूको हौसला बढाउनु पर्छ । सम्मानित भएका आयुष खानले आयोजक टीम तथा अतिथिहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।
यू-१७ मा नेपाल आज थाइल्यान्डसँग पहिलो खेल खेल्ने ।
काठमाडौं, १९ असोज ।
भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ थाइल्याण्डसँगको खेलका लागि आत्मविश्वासी छन् ।
खेलअघिको पत्रकार सम्मेलनमा मंगलबार उनले समूहमा सहभागी सबै टोली समान स्तरका भएको बताए । ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ । हामी सबै विपक्षी टिमलाई सम्मान गर्छौं । कुनै पनि खेल सजिलो हुनेछैन । यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो । थाइल्यान्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ,’ मुख्य प्रशिक्षक श्रेष्ठले भने ।
नेपाली टिमका कप्तान प्रशान्त लक्समले आफूहरु कठोर मिहिनेतपछि भियतनाम आएको बताए । ‘सबै खेलमा शतप्रतिशत मेहनत गर्नेछौं । सबै खेलमा संयमता अपनाउने छौं,’ लक्षमले भने । थाइल्यान्डका मुख्य प्रशिक्षक पिपोब अनमोलले समूहका सबै टिम बलिया रहेको भएको र उनीहरुको सामना गर्न आफूहरु पूर्णरुपमा तयार रहेको बताए । समूह एफमा नेपाल र थाइल्याण्डसँगै चाइनिज ताइपेइ र घरेलु टोली भियतनाम छन् । समूहको शीर्ष स्थानमा रहने टिम फाइनल प्रतियोगिताका लागि छनोट हुनेछ । १० समूहमध्ये उत्कृष्ट ६ उपविजेता पनि छनोट हुनेछ ।
श्रीलंकाद्वारा ४ विकेटले अफगानिस्तान पराजित ।
पाकिस्तान विरुद्ध भारतको ५ विकेटले जीत ।
बाँके, १३ भदौ ।
भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुललाई पाकिस्तानका  नीशम शाहले शून्यमा पहिलो ओभरमै बोल्ड गरेका थिए।  कप्तान रोहित शर्मा १२ रनमा आउट हुँदा विराट कोहलीले ३५ रन बटुले। कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। रोहित र विराट दुवैलाई पाकिस्तानका मोहमद नवाजले क्याच गराएका थिए।
त्यसपछि सूर्यकुमार यादव २१ बलमा २४ रन बनाएर आउट भए।  रविन्द्र जडेजा र हार्दिक पाण्ड्याबीच पाँचौ विकेटका लागि ५२ रनको साझेदारी भएको थियो।  जडेजा अन्तिम ओभरको पहिलो बलमा ३५ रनमा आउट भए। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे।
नेपाल र केन्या बीच क्रिकेट खेलहरू हुने
काठमाडौं, ०९ भदौ ।
पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार)  घरेलु टोलीसँग पहिलो टी-२० अन्तराष्ट्रियमा खेल खेल्दै छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ  । भिषा समयमै नआउदा सोमपाल कामी, आदील अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए  । केही खेलाडी भने बिहीबार बिहान मात्रै त्यसतर्फ पुग्नेछन् ।
मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन ।
दोस्रो टी-२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ । यसपछी नेपालले एकदिवसीय खेल खेल्नेछ ।
यस्तो छ हेड टु हेड:
नेपाल र केन्याबिछ पहिलो पटक टी -२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । आईसीसी टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ   ।
सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन्  २०१४ मा यूएईमा नै भएको खेलमा केन्याविरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो ।
बर्न माउथ माथी ३-० ले अर्सनलको शानदार विजय ।
बाँके,०५ भदौ ।
बर्नेमाउथलाई ३-० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आर्सनललाई जिताउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै, विलियम सालिबाले एक गोल थपे ।
जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ । ७ अंकसहित टोटनहम दोस्रो स्थानमा छ ।
डिफेन्डर एन्डर्सनलाई मार्ने धम्की ।
काठमाडौँ, ०१ भदौ ।
इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका डिफेन्डर जोआचिम एन्डरसनले आफू र आफ्नो परिवारलाई मार्ने धम्की आएको बताएका छन् । लिभरपुलका समर्थकहरुले एन्डरसनको इन्टाग्राममा उनीसँगै उनको परिवारलाई मार्ने धम्की दिएको रोयटर्सले जनाएको छ ।
लिग अन्तर्गतको खेलका क्रममा लिभरपुलका डार्विन नुनेजसँग टाउको जुधेपछि नुनेजले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । रातो कार्डका कारण नुनेजले तीन खेल गुमाउने भएका छन् ।लिभरपुलले नयाँ खेलाडीको रुपमा भित्र्याएको नुनेजले रातो कार्ड खाएको खेलमा क्रिस्टल प्यालेस र लिभरपुलले १-१ गोलको बराबरी खेलेको थियो । जसका कारण लिभरपुल लगातार दुई खेलमा जितविहिन बन्यो ।
एन्डरसनले बताए अनुसार उनले ३ सय देखि ४ सय वटा धम्कीपूर्ण सन्देश प्राप्त गरेका थिए । उनले यसबारे इन्टाग्राम र प्रिमियर लिगले केही गर्ने अपेक्षा रहेको बताए ।
नेपाली क्रिकेट टोलीको अभ्यास सुरु
काठमाण्डौ, १ भदौ ।
यसै हप्ता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुरु गरेका छन् ।
कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यास सुरु गरेका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले केन्या भ्रमण गर्दैछ । पुबुदु दासानायकेले सात महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि उनले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए ।
केन्या भ्रमण गर्न लागेको टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै १६ सदस्यीय खेलाडीको घोषणा गरेको छ । अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको पाँच वटा टी–२० र तीन एकदिवसीय शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यू–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत गएको मार्चमा यूएईसँगको खेलमा समावेश थिए ।
राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्यान्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला अटाएका छैनन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन् । यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीव्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिशी र हरिशंकर शाह रहेका छन् ।
केन्यासँगको शृङ्खलाका लागि तालिकासमेत सार्वजनिक भएको छ । पहिलो टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ । यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो सेप्टम्बर ३ र तेस्रो सेप्टेम्बर ५ मा हुने तालिका छ ।
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेश भरी सार्बजनिक विदा ।
कैलाली, १ भदौ  ।
आज सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जेठो पर्वका रूपमा मनाउने गरिएको ‘वल्के’ पर्व मनाइँदै छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।
साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। भाद्र सङ्क्रान्ति अर्थात भाद्र १ गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ ।
यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ । पर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
ओल्के संक्रान्ती पर्व
पर्व विशेषमा ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ।  लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ। यतिमात्रै होइन, गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन्। विभिन्न जनजातिहरूमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ ।
सामाजिक मान्यता
भनिन्छ, ओल्के संक्रान्तिताका सतरति ( सातरातको झरि) पर्दछ। यो समयमा आकासमा तारा देखिएमा वा वन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने सम्भावना रहन्छ। यसैताका ऋतुमति धर्तीले नवीन सिर्जना गर्न थाल्छिन्। प्रकृतिमा नयाँ-नयाँ किसिमका वनस्पती र किरा फट्याङ्ग्राहरू देखिन थाल्छन् । धुलो धुँवा र फोहोर पखालिन्छ। पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्छन् । पृथ्वी पुन: शस्यश्यामला र कञ्चन बन्छिन् ।
ओल्के संक्रान्ति पछि नै सुरु हुन्छ गौराको पावन पर्व । देवराग ( अर्थात् डेउडा गित देउरा ) गायनको महान् अवसर ।
भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थालेपछि मैदानका महानदीले यिनलाई निक्कै फुरुङ्ग्याउँछन् । कुरैकुरामा आफ्नी छोरीको विवाह यी फुर्तिला शैल-सरिताका छोरासंग गरिदिने वचन पनि दिन्छन् । तर बिहे भने हिउँदमा मात्र हुने निधो हुन्छ। विचरा सोझा पहाडी खोलाहरू रातदिन विवाहको जोरजाममा खटिन्छन्। विडम्बना, हिउँद आउँदा नआउँदै पानीको मूल सुक्न पुग्छ र ठूला घरसंग साइनो जोड्ने यिनको मनसुवा कहिले पनि पुरा हुँदैन ।
यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको कैलाली जनपुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा. टिएन जोशी बताउँछन् ।
विजय उत्सवका रूपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने बताउदै जोशीले परम्परागत किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेको कथन रहेको बताए ।