अन्य – Online News Portal
कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ले पनि एमबिबिएस परिक्षा दिन पाउने
उच्च अदालत, पाटनले कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ भई फेल भएका विद्यार्थीलाई स्नातक तहको विभिन्न विधाका चिकित्सा शिक्षा पढ्नका लागि लिइने एकीकृत प्रवेश परीक्षामा सामेल गराउन  अन्तरिम आदेश दिएको छ।
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षामा ‘ननग्रेडेड’ भएकालाई सहभागी हुन नदिएपछि विद्यार्थीले उच्च अदालतमा रिट हालेका थिए।उनीहरूले रिटमा अंक पुनर्र्योगका लागि राष्ट्रिय परीक्षा बोर्डमा आवेदन दिएको र नतिजा आउनु अगावै आयोगले प्रवेश परीक्षाबाट वञ्चित गर्दा संविधानले सुनिश्चित गरेको शिक्षाको हक हनन भएको जिकिर गरेका थिए। न्यायाीधश हेमन्त रावलको इजलासले साउन २९ मा आयोगले कक्षा १२ को नतिजा अगाडि नै आवेदन दिन योग्य ठह¥याएर सूचना निकालेको र पुनर्र्योगका लागि गएका विद्यार्थीको नतिजा सुध्रिएर आएमा त्यस्ता विद्यार्थीलाई तत्कालै क्षति पुग्ने भन्दै उनीहरूलाई परीक्षामा सामेल हुनबाट नरोक्न अन्तरिम आदेश दिएको हो।
अब मोबाइलमै कम्पुटर चल्ने
प्रधानमन्त्री हसिनाले मुलुक नै छाडेपछि के होला
बंगलादेशी  प्रधानमन्त्री  हसिनाले  पदबाट राजीनामा दिएर भारत पसे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।
सबै राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकार बनाउने निर्णय गरिएको छ । राष्ट्रपतिसँग कुरा गरी स्थिति समाधान गर्ने प्रयास गरिने छ । हिंसा बन्द गर्न आह्वान गरिएको छ र मृत्युको न्याय सुनिश्चित गर्ने वाचा गरिएको छ । विद्यार्थीलाई आन्दोलन फिर्ता लिन अनुरोध गरिएको छ।
भारतीय टिभी च्यानलहरूको प्रसारण बन्द
सरकारले भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ। करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै प्रसारण रोकेका थिए।मन्त्रालयका अधिकारीका अनुसार, भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कका च्यानलको प्रसारण रोकिएको छ। पन्ध्र  चैत २०७९ देखि नै विदेशी मुद्रा सिफारिस हुन सकेको छैन।च्यानलहरूको प्रसारण रोकेर उनीहरुले सरकारलाई गलाउन खोजिरहेका छन् ।एक साउन २०८० देखि आलाकार्टा  प्रणाली लागू भएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए । सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् । हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब विदेशी मुद्रा सिफारिस हुन सकेको छैन ।
के दिए त एस जयशङ्करले
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्फेका छन्।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी बिहीबार नेपाल आएका हुन्।
संयुक्त आयोगको बैठकपश्चात् भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको थियो। सन् २०२१ को जनवरीमा सम्पन्न भारत-नेपाल संयुक्त आयोगका छैटौं बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरुको प्रशंसा गरिएको थियो । नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच नयाँ सहमति कायम भएको छ। यस भ्रमणका केहि आशाजनक उपलब्धि रहेका छन्.
१.दीर्घकालीन ऊर्जा व्यापारका लागि भारत सरकार र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भई  आगामी दश वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको परिमाण १० हजार मेगावाटसम्म पु¥याइने
२.नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा निर्मित मुनाल स्याटेलाइटका लागि न्यूस्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच प्रक्षेपण सेवा सम्झौता अनुसार नेपाली विद्यार्थीले बनाएको यो स्याटेलाइट बिना शुल्क भारतीय प्रक्षेपण रकेटबाट प्रक्षेपण गरिने
३.भारतको एनटिपिसी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहकार्यका लागि एक समझदारीपत्रमा समेत हस्ताक्षर
४.जाजरकोटका भूकम्पपीडितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौँ चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण जसमध्ये दुई सय प्रिफ्याब घरहरु, एक हजार दुई सय ब्ल्याङ्केट, एक सय ५० वटा त्रिपाल र दुई हजार स्लिपिङ ब्याग रहेका
५.जाजरकोटमा हालै गएको भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न भारत सरकारले करिब रु १० अर्ब आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा
सय किलोमिटर प्रतिघन्टा कुद्ने बाटो बन्दै
चौतिस अरब  लगानीमा बुटवल-गोरुसिंगे-चन्द्रौटा  ६९ किलोमिटर सडक बिस्तार हुँदैछ जसका  लागि पूर्व सर्वेक्षणसहित ठेक्का प्रक्रिया अगाडि बढाइएको बुटवल गोरुसिंगे चन्द्रौटा सडक निर्माण परियोजनाले बताएको छ । उक्त सडक  ४ लेनको बनाउन सडक बिस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ।
आज शिक्षा विधेयक पारित हुन् सक्ने
आइतबार । आज संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा प्रश्नहरूको जवाफ दिनेछन्।सभामुखले विद्यालय शिक्षा विधेयक, २०८० मा निर्णय लिने कार्यसूची प्रस्तुत गरेका छन् । यसै गरी ऊर्जा, जलस्रोत और सिंचाई मंत्री शक्ति बहादुर बस्नेतले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची बनेको छ । महासचिव भरतराज गौतमले संघीय संसदलाई सो कुराको गणकारी दिएका छन्।
शिक्षक आन्दोलनले उचाई चुम्दै
नेपाल शिक्षक महासंघले संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै काठमाडौंमा आन्दोलन सुरु गरेको छ।महासंघसँग भएको पटक पटक सम्झौताको पालना सरकारले नगरी उक्त विधेयक आएकाले यो आन्दोलन उअरेको हो । प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ।
महासंघले शिक्षा मन्त्रीको वार्ता प्रस्तावप्रति अविश्वास  जनाउँदै आन्दोलन सुरु गरेको हो । मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार विद्यार्थी छन् ।
शिक्षक र विद्यालय कर्मचारीहरुको धर्नामा महासंघले संलग्नता जनाएको  छ। महासंघले शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन माग गर्दै छ।
अष्ट्रेलियामा नेपालीको बसोबास एक लाख ३० हजारभन्दा बढी
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ। द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्नुभएको छ ।राजदूत भोल्कले अष्ट्रेलियामा नेपालीको बसोबास एक लाख ३० हजारभन्दा बढी भएको बताउनुभएको  छ र उहाँका अनुसार नेपाली भाषा अष्ट्रेलियामा  तेस्रो स्थानमा रहेको छ।  अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलिया र नेपालका बीच सिधा हवाई उडान संचालन गर्न सकेमा त्यसबाट दुबै देशले लाभ लिन सक्ने कुरामा जोड दिए।
वाणिज्य बैंकले फेरि बढाए ब्याजदर
वाणिज्य बैंकहरुले आगामी असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। उनीहरुले ब्याजदर कार्टेलिङ को अन्त्य गरेसँगै साउनदेखि फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन्। अधिकांश बैंकहरुको ब्याजदर दुई महिनाको अवधिमा बढेको छ। १९ वाणिज्य बैंकले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। ८ वाणिज्य बैंकले व्यक्तिगत मुदद्दति निक्षेपमा अघिल्लो महिनाको तुलना ब्याजदर घटाएका छन्। ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ। ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई  निरन्तरता दिएका छन्। हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ। सबैभन्दा धेरै ब्याजदर प्रइम कमर्सियल बैंकले दिने भएको छ। यस बैंकले ११.३६ प्रतिशत ब्याजदर दिने जनाएको छ।