अन्तर्राष्ट्रिय – Online News Portal
अब मोबाइलमै कम्पुटर चल्ने
मुनि भन्छन – नाकाबन्दी लगाउनु गलत
भारतले नेपालमा संविधान जारी गर्ने क्रममा लगाएको नाकाबन्दीका तीन कारण औंल्याएका छन्।
भारतीय प्रोफेसर मुनिका अनुसार पहिलो  कारण मधेशको असन्तुष्टिलाई  बताएका छन्। दोस्रो कारण  संविधानमा धर्म निरपेक्षता राख्नु थियो। तेस्रो कारण  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा मधेश घुम्न र त्यहाँको जनतासँग अन्तरक्रिया गर्न चाहन्थे तर सो अवसर दिनबाट  नेपाल पन्छिएपछि नाकाबन्दी लगाइएको हो।’
भारतीय ८ पूर्वसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला
कतारले भारतीय ८ पूर्वसैनिक अधिकारीलाई  मृत्युदण्डको फैसला सुनाएको छ। २०२२ अगस्टमा पक्राउ परेका उनीहरूमाथि कस्तो  अभियोग लगाइएको  छ भन्कने कुरा कतारले सार्वजनिक सार्वजनिक नगरे पनि कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बनाएको र सबै कानुनी विकल्पहरु खोज्ने जनाएको छ। पक्राउ परेका व्यक्तिहरू अल दाहरा कम्पनीमा कार्यरत थिए। सो कम्पनीले कतारका सैनिकलाई तालिम र त्यससँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउँदै आएको थियो।
महासचिव गुटेरेस नेपाल आउने पक्का
प्रधानमन्त्री पुष्पकमल प्रचण्डले  महासचिव गुटेरेसलाई संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभा बैठकमा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । महासचिव गुटेरेसले नेपाल भ्रमणको स्वीकृति प्राप्त गरेपछि  मिति २०८० कात्तिक १२ देखि २०८० साल १५ गतेसम्म नेपालमा औपचारिक कार्यक्रम गर्नेछन्। उनले मिति २०८० कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
नेपाल चिनबिच आज बार्ता हुने
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा रहेका छन्। यसै क्रममा उनले चिनियाँ राष्ट्रपति  सी चिनफिङसँग भेटवार्ता गरेका हुन्। वार्तामा नेपाल र चीनका बीच बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयन सम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापार, बीआरआई अन्तर्गत चिनियाँ अनुदानमा एक वा दुई परियोजना निर्माणका विषयमा प्रस्ताव गर्ने सम्भावना भएको  जानकारी प्रकाशित भएको छ। उनले सहमतिका कुरा पनि प्रस्तुत गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले  कृषि, औद्योगिक विकास, पर्यटन, संचार, कृषि, उद्योग, शिक्षा, पर्यटन जस्ता  विभिन्न विषयमा छलफल गर्ने  प्रस्ताव तयार पारेका हुन्।
प्रधानमन्त्री दाहाल अमेरिकाको न्युयोर्कबाट हाङचउ
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति सी चिनफिङसँग शनिबार हाङचउमा शिष्टाचार भेट गरे। उनी शनिबार नै अमेरिकाको न्युयोर्कबाट हाङचउ पुगेका हुन्। त्यहाँ १९ औं एसियाली खेलकुदको उद्घाटन कार्यक्रम रहेको छ।शनिबार चीनको हाङचउ विमानस्थलमा प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए जसमा चिनियाँ राजदूत छन सोङलगायत दुई देशका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो।
प्रधानमन्त्री दाहाल अमेरिकाको न्युयोर्कबाट चीन पुगेका हुन्। उनी चीनको राजधानी बेइजिङ जाने छन् र सोमबार आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्न कार्यक्रममा सहभागी हुनेछन । चीनमा रहदा चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले मंगलबार चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ।
अष्ट्रेलियामा नेपालीको बसोबास एक लाख ३० हजारभन्दा बढी
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ। द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्नुभएको छ ।राजदूत भोल्कले अष्ट्रेलियामा नेपालीको बसोबास एक लाख ३० हजारभन्दा बढी भएको बताउनुभएको  छ र उहाँका अनुसार नेपाली भाषा अष्ट्रेलियामा  तेस्रो स्थानमा रहेको छ।  अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलिया र नेपालका बीच सिधा हवाई उडान संचालन गर्न सकेमा त्यसबाट दुबै देशले लाभ लिन सक्ने कुरामा जोड दिए।
बालेन्द्र साह एक सय प्रभावशाली व्यक्तित्वहरुको सूचीमा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वहरुको सूचीमा परेका छन् । उनी वि.सं. २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका हुन्  । पत्रिकाको अनलाइन संस्करणले उनलाई एक सय उदीयमान नेतृत्वको सूचीमा समेटेको हो । प्रमुख साहले स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। उनले मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको हो । प्रमुख साहले गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा फोहरको राम्रो विसर्जन, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक, सहरी विकास, संस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिबद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको हो । प्रमुख साहले फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको हुनुपर्छ। पत्रिकामा प्रमुख साहले सहरका गैरकानुनी भवन भत्काई कानुनको पालना सबैले गर्नुपर्छ भन्ने संदेश दिएका छन् ।
नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार ।
काठमाडौं, २५ साउन ।
अजमल अन्सारी ।
कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो ।
मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
कतार सरकारद्वारा जारी भएको नयाँ कानुनको बारेमा पनि श्रमिकलाई जानकारी दिने उद्देश्यले महत्त्वपूर्ण कार्यक्रम गरेको हो । श्रमिक कामदारहरुलाई कम्पनीको शोषणबाट मुक्त रहनको लागी कतारको नयाँ कानुन १७/२०२१ र २०२३ को बारेमा श्रमिकहरुलाई जानकारी दिएको हो ।
कतारको कानुन अनुसार जुन महिनाको आरम्भ देखि सेप्टेम्बरको अन्तिम सम्म खुला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम रहेको छ । कानुनतः यस्तो कार्यलाई निरुत्साहित र दण्डनीय मानिएको छ।प्रत्येक श्रमिकले कार्यस्थलमा पर्याप्त पिउने पानी, उपकरण, सुरक्षाका सामान तथा आवस्यक उपकरण र सामान पाउनु उस्को आधारभूत अधिकार हो भनेर कानुनले प्रष्ट पारेको छ।
गर्मियाममा देखिने सम्पुर्ण रोग जस्तै एलर्जी,उच्च तापक्रम,डिहाइटेशन लगायतका उपचार पाउनु पनि श्रमिकको आधारभूत अधिकार भित्र पर्ने गर्दछ । यसैगरी कुनै कम्पनीले बिहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र कुनै पनि त्यस्तो खुल्ला स्पेसमा काम लगाए जहाँ श्रमिकले उच्च तापक्रम झेल्नु पर्दछ यसबारे मन्त्रालयको हटलाइन र राष्ट्रिय मानवअधिकार समिति कतारमा उजुरी दिन सक्ने प्रावधान रहेको बताइएको छ।
श्रमिकले तापक्रम र गर्मियाममा उच्च तापक्रम वृद्धि भएको खण्डमा काम छोडन सक्ने र त्यस बापत उसको ज्यालामा कुनै कटौती नहुने र कम्पनीले कटौती गरेमा त्यो दन्डनिय हुने कानुनी प्रावधान रहेको छ।
कानुनी बिभागकी उच्च अधिकारी हाला अल अली ले प्रस्तुत गरेको कानुनी प्रावधान र महासचिवको शुभकामना लाई राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले नेपाली र हिन्दी भाषामा अनुवाद गरि सहजीकरण गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले आयोगको यस प्रकारको भूमिकाको प्रसंशा गर्दै र बिगतमा प्रदान गरेका विभिन्न सेवा र अधिकार प्राप्तिमा गर्दै आएको सहयोगको उच्च शब्दमा प्रसंशा गर्दै आगामी दिनहरुमा पनि आयोग र गैर आवासीय नेपाली संघ कतार मिलेर अधिकार प्राप्तिमा सहकार्य गर्न जोड दिनु भएको थियोे।
यसैगरी राष्ट्रिय मानवअधिकार समिति कतारले आगामी १४ अगस्टका दिन औद्योगिक क्षेत्रको एसियन्टाउनमा बृहत जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा नेपाल सहित विभिन्न देशका राजदूत हरुलाई समेत निमन्त्रणा गरिसकेको राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले जानकारी दिनुभयो । प्रोफेसर अलिले कतारमा कार्यरत नेपालीहरुलाई कुनैपनि किसिमका समस्या परेमा राष्ट्रिय मानव अधिकार कतार नेपाली डेस्कलाई खबर गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रमका सहभागीहरुलाई आयोगको तर्फबाट आफ्नो अधिकार बारे सचेत रहने र सो बारे जानकारी उपलब्ध गराउने बुकलेट तथा अन्य लाभदायक सामाग्री प्रदान गरिएको थियोे।
कार्यक्रममा आयोगका महासचीव महामहिम सुल्तान अल जमालीको प्रमुख आथित्यमा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको विशेष उपस्थितिमा निर्माण क्षेत्रमा आबद्ध ३० भन्दा बढी श्रमिकहरु हरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो I
रक्सी बारे डब्ल्यु एच ओको नयाँ निर्देशन ।
बाँके, ५ माघ।
कति रक्सी पिउँदा ठिक छ? यति कि धेरै होश गुमाउनु हुँदैन? थोरै थोरै? वा पटक्कै पनि नाइँ !
पहिले यो विश्वास गरिन्थ्यो कि थोरै मात्रामा रक्सी पिउँदा धेरै हानि गर्दैन । तर अहिले यो धारणा बदलिएको छ । हालै विश्व स्वास्थ्य संगठनले थोरै मात्रामा पनि रक्सी स्वास्थ्यका लागि हानिकारक हुने बताएको थियो ।
हालै क्यानडामा जारी गरिएको नयाँ निर्देशिकामा यो पनि भनिएको छ कि जतिसुकै मदिरा सेवन गरे पनि कम वा धेरै स्वास्थ्यका लागि हानिकारक हुन्छ । करिब ९० पृष्ठको यो प्रतिवेदनलाई क्यानडाको स्वस्थ विभागले आर्थिक सहयोग गरेको छ । यसका अनुसार जोखिमबाट बच्ने एक मात्र उपाय रक्सी नपिउनु हो ।
यसअघि २०११ मा, निर्देशनमा महिलाका लागि हप्तामा अधिकतम १० र पुरुषका लागि १५ वटा पेयपदार्थ पिउनुपर्छ भनिएको थियो । यो नयाँ निर्देशिकामा मदिरा सेवनबाट के र कसरी हानि हुन सक्छ भन्ने कुराको विस्तृत व्याख्या गरिएको छ । यसका अनुसार हप्तामा दुईभन्दा बढी मानक पेयपदार्थ पिउनाले स्तन र पेटको क्यान्सरलगायत धेरै कुराको जोखिम बढाउँछ । क्यानाडामा लगभग ८० प्रतिशत वयस्कहरूले रक्सी पिउने गर्छन् ।